शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सिक्लेस हाइड्रोपावरको आईपीओ आउँदै, सर्वसाधारणका लागि कति?

मंगलबार, भदौ २१ २०७९
सिक्लेस हाइड्रोपावरको आईपीओ आउँदै, सर्वसाधारणका लागि कति?

काठमाडौं- सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ भने बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेअि अधिकतम १ लाख कित्ता सेयर खरीदका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिने छ। 

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।


प्रकाशित : मंगलबार, भदौ २१ २०७९०३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend