शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

समग्र सेयर घट्दा पनि रिडी पावरमा झुम्मिए लगानीकर्ता, पुनः एक हजारको यात्रामा हो?

मंगलबार, भदौ २१ २०७९
समग्र सेयर घट्दा पनि रिडी पावरमा झुम्मिए लगानीकर्ता, पुनः एक हजारको यात्रामा हो?

काठमाडौं- पछिल्लो समय रिडी पावरको सेयर मूल्य लगातार बढिरहेको छ।

रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज गत साउन २९ देखि एकीकृत कारोबार सुरु गरेको थियो। दुई कम्पनीको मर्जरपछि केही समय नेगेटिभ सर्किट लागेको कम्पनीमा पछिल्लो एक सातादेखि भने लगातार बढिरहेको छ। 

अहिले कम्पनीको सेयर मूल्य सोमबार पनि १९ रुपैयाँले बढेको छ। लगातार समग्र सेयर घटेपनि रिडी कम्पनीको सेयर मूल्य बढीरहेको छ। सोमबार कम्पनीको सेयर मूल्य ६०७ रुपैयाँ पु्गेको छ। अन्य हाइड्रो पावर कम्पनीको सेयर मूल्य घटेर आईपीओ सरह पुगिरहेको छ। तर रिडीको सेयर मूल्य पुनः एक हजार रुपैयाँको यात्रामा रहेको छ। 

ridi.PNG

सोमबार पनि १ लाख ६४ हजार कित्ता कारोबार हुँदा ९ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कम्पनीको सेयर सोमबार सबैभन्दा बढी कारोबार भएको कम्पनी हो।

पछिल्लो ५२ हप्तामा १०३२ रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर ५५९ रुपैयाँसम्म आइपुगेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ६ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : मंगलबार, भदौ २१ २०७९०१:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend