शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

उही बिन्दु वरपर घुमिरह्यो सेयर बजार, ९० करोडको मात्र कारोबार

सोमबार, भदौ २० २०७९
उही बिन्दु वरपर घुमिरह्यो सेयर बजार, ९० करोडको मात्र कारोबार

काठमाडौं- लगातार स्थिर देखिइरहेको सेयर बजारमा सोमबारको कारोबार पनि उही बिन्दु वरपर नै रहेर बन्द भएको छ।

सोमबार ४.२९ अंकले घटेर बजार १९७३.०१ बिन्दुमा झरेको छ। ९० करोड ९९ लाख रुपैयाँको मात्र कारोबार हुँदा ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ कम्पनीको मूल्य घटेको छ। 

यो साता आइतबार ६.६८ अंकले बढेर बजार १९७७.३० बिन्दुमा पुगेको थियो। उतारचढावका बीच ओरालो लागिरहेको सेयर बजारमा थामिने प्रयास देखिए पनि बजारमा अपेक्षाकृत सुधार भने हुन सकेन। 

गएको साता आइतबार ३३.३६ अंकले घटेको बजारमा सोमबार ३.७६ अंकको वृद्धि देखिएको थियो। मंगलबार २.१९ अंकले बढेको बजार बुधबार पुन: २१.९७ अंकले घटेको थियो। बिहीबार १.०८ अंकले घटेको बजार शुक्रबार १.६७ अंकले घटेको थियो।

सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, भदौ २० २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend