शनिबार, वैशाख १५ गते २०८१    
images
images

मंसिर ४ पछि बन्ने सरकारमा अर्थमन्त्रीको खोजी

images
images
images
मंसिर ४ पछि बन्ने सरकारमा अर्थमन्त्रीको खोजी

भावी प्रधानमन्त्रीभन्दा पनि कांग्रेसभित्र यतिबेला भावी अर्थमन्त्रीको दौडमा नेताहरू देखिएका छन्। कुनै समय कांग्रेसबाट अर्थमन्त्री भन्नेवित्तिकै डा. रामशरण महतको नाम आउने गर्दथ्यो।

images
images

काठमाडौं- मंसिर ४ गतेको चुनाव नजिकिँदै छ। जसमा सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेको प्रतिस्पर्धा हुने प्रष्ट बनिसकेको छ। अहिलेसम्मको अंकगणितले मंसिरपछि बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने निश्चित प्रायः देखिन्छ। 

images
images
images

सत्ताघटकहरूबीच अहिले नै कुन पार्टीबाट कति सिटमा चुनावमा जाने भन्ने विषय टुंगो लागेको छैन। कांग्रेसले १०० सिट नछाड्ने अडान लिइरहेको छ। बाँकी ६५ सिटमा अन्य चार दल चुनावमा जानुपर्ने कांग्रेसको अडान छ। तर गठबन्धनको रस्साकस्सी जारी छ।

images

प्रधानमन्त्री को बन्छ भन्ने विषय नेपाली कांग्रेसभित्र अझै चुनावपछि पेचिलो बन्न सक्छ। सभापति शेरबहादुर देउवा अझै पनि शक्तिमै रहने छाँट देखिएकोले उनले सहजै अरुलाई प्रधानमन्त्री देलान् भन्ने अनुमान गर्न गाह्रो छ। जब कि देउवा पनि मंसिर पछि शक्तिशाली पाँचवर्षे सरकारको नेतृत्व गर्नका लागि गठबन्धनमा जोड दिइरहेका छन्। 

images

यद्यपी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने चुनावपछि समीकरण बदलिने अनुमान गर्दैछन्। महमन्त्री थापाले कतिपय औपचारिक र अनौपचारिक कुराकानीमा भावी प्रधानमन्त्री बन्न खुट्टा नकमाउने सन्देश दिँदै आएका छन्।

images
images

थापाको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री देउवा र पत्नी आरजु राणा भने सशंकित भइरहेका छन्। सोही कारण पनि काठमाडौं क्षेत्र नम्बर ४ बाट संघको चुनावमा एकल सिफारिस भएका थापाका केही सहयात्रीहरू त्रासमा छन्। कारण कांग्रेसभित्रकै केही खेमा थापा हराउन लाग्ने अनुमानका साथ चुनावको आन्तरिक तयारीमा जुटेका देखिन्छन्।

देशभर उम्मेद्‍वार टुंगो लागाउन पार्टीले सिफारिस मागिरहँदा थापाका सहयोगीहरू भने सूचना संकलन र चुनाव जित्ने रणनीतिमा लागि सकेका छन्। यद्यापी कांग्रेसभित्र प्रधानमन्त्री बन्नका लागि संसदीय दलमा चुनाव जित्नुपर्ने हुन्छ। अहिलेको तयारीले महामन्त्री थापा संसदीय दलमा चुनाव हार्ने स्थिति नै भए पनि देउवासँग चुनाव लड्ने रणनीतिमा छन्। 

कांग्रेसभित्र भावी अर्थमन्त्रीको दौड

विश्वभर बढ्न सक्ने आर्थिक मन्दीको असर नेपालमा पनि बढ्ने अनुमान अर्थविद्‍हरूले गरिरहेका छन्। बैंकहरू ऋण दिन नसक्ने अवस्थामा छन्। रेमिट्यान्स बढ्न सकेको छैन। महँगी भान्सासम्म पुगेको छ। डलर सञ्चिति घट्दो छ। आयात डरलाग्दो छ। निर्यात बढ्नै सकेको छैन। उत्पादनमा केन्द्रित उद्योगहरू धरासायी बन्दैछन्। पर्यटन क्षेत्र ध्वस्त छ। यो सबै भार मंसिरपछि आउने अर्थमन्त्रीको थाप्लोमा पर्ने निश्चित छ। 

भावी प्रधानमन्त्रीभन्दा पनि कांग्रेसभित्र यतिबेला भावी अर्थमन्त्रीको दौडमा नेताहरू देखिएका छन्। कुनै समय कांग्रेसबाट अर्थमन्त्री भन्नेवित्तिकै डा. रामशरण महतको नाम आउने गर्दथ्यो। 

महतले गरेका अर्थतन्त्र सुधारका कामको प्रशंसा अहिले पनि हुने गर्दछ। महतले भन्ने गरेको दोस्रो चरणको आर्थिक सुधार गर्नका लागि फेरि कांग्रेसकै काँधमा जिम्मेवारी आउने देखिएको छ। सोही कारण पनि मंसिर ४ पछिको सरकारको अर्थमन्त्री बन्नेगरी कांग्रेसका अर्थशास्त्रीदेखि उद्योगीसम्मले चासो दिएका छन्। त्यसैले पनि यतिबेला विभिन्न निर्वाचन क्षेत्रबाट धमाधम उम्मेद्‍वार सिफारिस भइरहेका छन्।  

सोही कारण पार्टीका पूर्वमहामन्त्री सशांक कोइराला नवलपुर क्षेत्र नम्बर १ मा उद्योगपति बिनोद चौधरीलाई ठाउँ छोड्ने तयारीमा छन्। कोइराला आफू भने समानुपातिकमा बस्नेगरी तयारी गरेका छन्। चौधरी चुनाव लडेर चुनावपछि बन्ने सरकारको अर्थमन्त्री बन्ने दौडमा छन्। यद्यपी चौधरीलाई त्यति सहज भने छैन। यता चितवन १ बाट सिफारिसमा परेका अर्थशास्त्री स्वार्णिम वाग्ले जसरी पनि निर्वाचित सासंद बन्ने दौडमा होमिएका छन्। 

पार्टीका केही पदाधिकारी पनि वाग्लेलाई सहज हुने ठाउँबाट चुनाव जिताएर चुनावपछि अर्थमन्त्री बनाउने तयारीमा लागेका छन्। सोही कारण पनि वाग्ले अर्थमन्त्रीको दौडमा चुनावमा लागेका अन्य नेताभन्दा उत्साहित छन्। योजना आयोगको उपाध्यक्ष भएर अनुभव लिइसकेका वाग्ले युनएनडीपीको एसिया प्यासिफिक क्षेत्रको आर्थिक सल्लाहकारको आकर्षक जागिर छाडेर आएका छन्। सोही कारण पनि धेरैले वाग्लेले चुनावी दौड नछाड्ने अनुमान गरेका छन्। 

यता चितवन क्षेत्र नम्बर १ बाटै योजना आयोगका वर्तमान उपाध्यक्ष विश्व पौडेलले पनि चुनाव लड्न आवेदन दिएका छन्। सोही क्षेत्रबाट चितवनकै नेताहरू पनि सिफारिसमा परेका छन्। पौडेल पनि चुनाव जितेर अर्थमन्त्रीकै रुपमा देखिन चाहेका छन्। वाग्ले र पौडेल एकै ठाउँबाट सिफारिसमा परेपनि एकै ठाउँबाट चुनाव लड्ने सम्भावना भने छैन।

योजना आयोगकै पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेललाई पनि भावी अर्थमन्त्रीको रुपमा हेरिएको छ। गठबन्धनका कारण प्युठानबाट चुनावमा जान पोखरेललाई हम्मे हम्मे परेको छ।

डा. प्रकाशशरण महत पनि चुनाव जितेर भावी अर्थमन्त्री बन्ने दौडमा छन् भने प्रधानमन्त्री देउवाका अर्का विश्वासपात्र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि पुनः चुनाव जितेर अर्थ मन्त्रालय दाबी गर्न सक्छन्। यता डा.नारायण खड्का र डा. मिनेन्द्र रिजालले पनि अर्थमन्त्री दाबी गर्ने निश्चित छ। सोही कारण कांग्रेसमा प्रधानमन्त्रीभन्दा पनि अर्थमन्त्रीको दौड मंसिर ४ पछि रोमाञ्चक हुने निश्चित छ। 

सहज छैन चुनावपछिको अर्थ मन्त्रालय

वर्तमान अर्थमन्त्री जनार्दन शर्माले दोस्रोपटक अर्थ मन्त्रालय सम्हालेका छन्। उनी रुकुमबाट चुनाव लड्ने निश्चित नै छ। यहि गठबन्धन अगाडि बढेको खण्डका शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अर्थमन्त्रीकै बार्गेनिङ गर्न सक्नेछन्।

सोही कारण पनि कांग्रेसले नै अर्थ मन्त्रालय पाउँछ भन्ने अनुमान अहिले नै गर्न सकिँदैन। तर उद्योगी व्यवसायी तथ अर्थशास्त्रीहरूको ठूलो समूह कांग्रेसले अहिले नै अर्थ मन्त्रालय छाडेकामा असन्तुष्ट छन्।

सोही कारण पनि मंसिर ४ पछि अन्य मन्त्रालय छाडेर भए पनि कांग्रेसलाई अर्थ मन्त्रालय लिनै पर्ने दबाब चर्को रुपमा बढ्ने छ। शर्माले अर्थमन्त्री सम्हाल्न नसकेको र विवादमा परेका कारण पनि अब चुनावपछि कांग्रेसले अर्थ मन्त्रालय लिनेछ। पाँच वर्ष शक्तिशाली अर्थ मन्त्रालय सम्हालेर दोस्रो चरणको अर्थतन्त्र सुधारको नेतृत्व गर्ने अवसरको खोजीमा कांग्रेसका नेताहरू छन्। 

images

प्रकाशित : मंगलबार, भदौ २१ २०७९११:५८

प्रतिक्रिया दिनुहोस