शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बैंकिङ प्रणालीमा एकैपटक थपियो ११ अर्ब निक्षेप, चाडवाडमा सुधार आउने संकेत

सोमबार, भदौ २० २०७९
बैंकिङ प्रणालीमा एकैपटक थपियो ११ अर्ब निक्षेप, चाडवाडमा सुधार आउने संकेत

काठमाडौं- वाणिज्य बैंकहरूको निक्षेप भदौको तेस्रो सातामा आएर बढेको छ। बैंकहरूमा गत साताभन्दा ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप थपिएको बैंकर्स संघले जनाएको छ। 

गत सातासम्म बैंकमा ४४ खर्ब २६ अर्ब निक्षेप पुगेकोमा अहिले बढेर ४४ खर्ब ३७ अर्ब पुगेको छ। यता ऋण प्रवाह भने १ अर्ब ६७ करोड रुपैयाँ भएको छ। बैंकहरूले ४१ खर्ब ८० अर्ब ऋण प्रवाह गरेकोमा एक सातामा ४१ खर्ब ८१ अर्ब रुपैयाँ मात्रै पुगेको छ। 

दसैँ, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा बैंकहरूको निक्षेपमा समेत सुधार आएको हो। 

diposit.PNG


प्रकाशित : सोमबार, भदौ २० २०७९०७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend