शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सूचकमा अब्बल देखिए पनि पाँच वर्षदेखि कृषि विकास बैंकको सेयर मूल्य बढ्न सकेन, यस्ताे छ लाभांश प्रक्षेपण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २० २०७९
सूचकमा अब्बल देखिए पनि पाँच वर्षदेखि कृषि विकास बैंकको सेयर मूल्य बढ्न सकेन, यस्ताे छ लाभांश प्रक्षेपण

काठमाडौं- कृषि विकास बैंकको पछिल्लो पाँच वर्षयता सेयर मूल्य बढ्न सकेको छैन। कुनै समय प्रतिकित्ता ११ सय रुपैयाँसम्म कारोबार पुगेपछि मूल्य घटेको थियो।  

गतवर्षको बुलमा ५६० रुपैयाँसम्म पुगेको थियो। त्यसपछि घटेको सेयर मूल्य अहिले घटेर ३२० रुपैयाँमा आइपुगेको छ। केही समय अगाडि २९८ रुपैयाँमा समेत कारोबार भएको थियो। कृषिको सेयर मूल्य अझै केही समय माथि जाने देखिएको छैन। 

गतवर्ष २० प्रतिशत लाभांश दिएको बैंकको यसवर्ष पनि सेयरधनीलाई लाभांश दिने क्षमता २९‍.५७ प्रतिशत रहेको छ। बैंकले यसवर्ष पनि राम्रै लाभांश दिने दिने अनुमान गरिएको छ। 

ad.PNG

बैंकको सूचक आकर्षक नै रहेको छ। बैंकको गत वर्ष २०७८/०७९ को नाफा अघिल्लो वर्ष २०७७/०७८ को तुलनामा घटेको छ। बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.७४ प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा करिब ४ अर्ब रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेको छ। खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत र सञ्चालन मुनाफा १८.२५ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११.२१ रुपैयाँ घटेर १७.९३ रुपैयाँ सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१२.२५ रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड रहेको छ। 


प्रकाशित : सोमबार, भदौ २० २०७९०१:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend