शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

प्रभु र सेञ्चुरी बैंकको मर्जरलाई राष्ट्र बैंकको स्वीकृति, एकीकृत कारोबार कहिलेदेखि?

आइतबार, भदौ १९ २०७९
प्रभु र सेञ्चुरी बैंकको मर्जरलाई राष्ट्र बैंकको स्वीकृति, एकीकृत कारोबार कहिलेदेखि?

काठमाडौं- प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक अन्तत: मर्जरमा जाने निश्चित भएको छ। दुई बैंकको मर्जरलाई राष्ट्र बैंकले स्वीकृति दिएसँगै मर्जरमा जाने निश्चित भएको हो।

गत महिना दुई बैंकले प्रारम्भिक सम्झौता गरेका थिए। दुई बैंकलाई राष्ट्र बैंकले आइतबार मर्जरको सैद्धान्तिक स्वीकृति दिएको हो।

दुई बैंकले १००ः१०० स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका थिए। तर पनि सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) गर्ने  र पछि स्वाप रेसियो तलमाथिसमेत हुन सक्ने गरी सम्झौता गरेका हुन्। दुई बैंक मंसिरसम्म एकीकृत कारोबार गर्ने तयारीमा रहेका छन्। 

यसअघि स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर सम्झौता हुन सकेको थिएन। मर्जरपछि बैंकको नाम प्रभु रहने र सीईओमा प्रभु बैंकका सीईओ अशोक शेरचनले नै निरन्तरता पाउने सहमति भएको छ। साथै बैंकको सञ्चालक समितिमा प्रभुको तर्फबाट ४ र सञ्चुरीको ३ गरी ७ सदस्य हुनेछन्।

सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। प्रभुको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्जर भएपछि २२ अर्ब चुक्तापुँजीको बैंक बन्ने छ। 

 

 

 


प्रकाशित : आइतबार, भदौ १९ २०७९१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend