बिहीबार , वैशाख १३ गते २०८१    
images
images

बचतकर्ताको लाखौँ रुपैयाँ लिएर आरक्ष सहकारीका अध्यक्ष र सीईओ फरार

तीन स्थानबाट कारोबार गर्दै आएको आरक्ष समस्याग्रस्त

images
images
images
बचतकर्ताको लाखौँ रुपैयाँ लिएर आरक्ष सहकारीका अध्यक्ष र सीईओ फरार
images
images

काठमाडौं- बचतकर्ताको लाखौँ रकम लिएर आरक्ष बचत तथा ऋण सहकारीका सञ्चालक फरार भएका छन्। सहकारीका अध्यक्ष शारदा आचार्य न्यौपाने र प्रमुख कार्यकारी कमल न्यौपाने गत भदौ २ गतेदेखि फरार भएका हुन्। 

images
images
images

भदौ ९ गतेसम्म खुलेको सहकारीमा अध्यक्ष र सीईओ फरार भएको सूचना पाएपछि अन्य संचालकहरूले बचत फिर्ता गर्न नसक्ने सूचना सहकारीको कार्यलयमा टाँस गरेका थिए। आरक्ष सहकारीले सितापाइला, चाबहिल र माछापोखरीको बुद्ध मलबाट कारोबार गर्दै आएको थियो।

images

अहिलेसम्म आरक्षका ३ सय २५ बचतकर्ता सम्पर्कमा आएको महानगरको सहकारी विभागका प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए। 

images

'अहिलेसम्म ५२ लाख रुपैयाँ लिएर हिँडेको पाइएको छ, अझै उजुरी गर्न बचतकर्ताहरू सम्पर्कमा आइरहेकोले अहिले नै कति पैसा हिनामिना भयो भन्ने यकिन छैन' पोखरेलले भने।

images
images

आरक्ष सहकारीका सचिव असिम पन्थी र बद्री पन्थी साथै कोषाध्यक्ष श्रीराम न्यौपानेलाई प्रहरीले नियन्त्रण लिएर अहिले थप छानबिन भइरहेको समेत पोखरेलले जानकारी दिए। 

‘हामीले तीनवटै शाखामा बचत गरेकाहरूलाई उजुरी गर्न आह्वान गरिसकेका छौँ,’ पोखरेलले भने। फरार आचार्य र सीईओ न्यौपाने भने पतिपत्नी रहेकोसमेत खुल्न आएको पोखरेलले जानकारी दिए। ‘दाङ घर भएका उहाँहरू भदौ २ गतेदेखि सम्पर्कमा नआएको पाइएको छ,’ पोखरेलले भने। 

अध्यक्ष र सीईओ सम्पर्कमा नआएपछि केही बचतकर्ताहरू महानगरमै आएर धर्ना दिएकोसमेत पोखरेलले जानकारी दिए। एकै व्याक्तिको १० लाख रुपैयाँसम्म पनि बचत राखिएको पाइएको छ। अझै ठूलो रकम हिनामिना भएको हुनसक्ने अनुमान महानगरको रहेको छ।

केही साताअगाडि गौतम श्री सहकारीका सञ्चालक पनि ५ अर्बभन्दा बढी हिनामिना गरेर फरार भएका थिए। अहिले उक्त सहकारीमा ११ सय ४५ जना बचकर्ताले उजुरी दिएसँगै सबै सञ्चालकको सम्पत्ति रोक्का गरिएको छ। यस्तै ५ अर्ब ८४ करोडभन्दा बढी ठगी गरेको सिभिल सहकारीको विषय अहिले अदालतमा छ। 

कोभिड १९ पछि विभिन्न बाहानामा सहकारीका सञ्चालकहरू भाग्ने क्रम बढेसँगै सहकारी विभाग गम्भीर भएको सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डित बताउँछन्। ‘हुन त पछिल्लो समय सहकारीको नियमन स्थानीय तहले नै गर्ने हो,’ उनले भने। 

यसअघि पनि दर्जनौँ सहकारी सञ्चालकहरू फरार भएर कानूनी कारबाहीको प्रक्रियामा रहेका छन्। खासगरी घरजग्गामा लगानी गरेका सहकारीहरू अहिले नियामकले घरजग्गामा कडाइ गरेसँगै समस्यामा पर्न थालेका छन्।

images

प्रकाशित : आइतबार, भदौ १९ २०७९०९:३८

प्रतिक्रिया दिनुहोस