शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

उतारचढाव भइरहेको सेयर बजारमा फेरि उही संकेत, देखिएन थामिने आधार

आइतबार, भदौ १९ २०७९
उतारचढाव भइरहेको सेयर बजारमा फेरि उही संकेत, देखिएन थामिने आधार

काठमाडौं- लगातार उतारचढावका बीच ओरालो लागिरहेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा आइतबार सुखद संकेत देखिन सकेको छैन। आइतबार थामिने प्रयास देखिए पनि बजारमा अपेक्षाकृत सुधार भने हुन सकेन। 

आइतबार ६.६८ अंकले बढेर बजार १९७७.३० बिन्दुमा पुगेको छ। जहाँ १ अर्ब ७ करोड रुपैयाँको मात्र कारोबार भएको छ। 

गएको साता आइतबार ३३.३६ अंकले घटेको बजारमा सोमबार ३.७६ अंकको वृद्धि देखिएको थियो। मंगलबार २.१९ अंकले बढेको बजार बुधबार पुन: २१.९७ अंकले घटेको थियो। बिहीबार १.०८ अंकले घटेको बजार शुक्रबार १.६७ अंकले घटेको थियो।

सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्।लगानीकर्ताले विश्वासको आधार नभेटेको सेयर बजारमा सुधारको अपेक्षा सार्थक हुन सकिरहेको छैन। बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन नसकेको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : आइतबार, भदौ १९ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend