शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दसैँ नजिकिँदासमेत बढ्न सकेन बैंकिङ प्रणालीमा निक्षेप, बैंकहरूलाई सीडी रेसियो धान्न दाेस्राे महिनामै सकस

गभर्नर भन्छन्- अहिले नै सहज हुने स्थिति छैन

आइतबार, भदौ १९ २०७९
दसैँ नजिकिँदासमेत बढ्न सकेन बैंकिङ प्रणालीमा निक्षेप, बैंकहरूलाई सीडी रेसियो धान्न दाेस्राे महिनामै सकस

काठमाडौं- दसैँ नजिक आइसक्दा पनि बैंकिङ प्रणालीमा निक्षेप बढ्न नसक्दा विगत एक सातादेखि स्थिर देखिएको छ। चाडपर्वमा खासगरी रेमिट्यान्स तथा अन्य क्षेत्रबाट बैंकमा रकम आउने गरेता पनि अझै पनि बढ्न सकेको छैन।

यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विदेशी मुद्राको दबाब कम नभएसम्म बैंकहरूमा लगानीयोग्य रकमको अभाव हुने बताएका छन्। शनिबार आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले तत्कालै बैंकहरूमा प्रशस्त रकम जम्मा हुने स्थिति नआएको तर सहज भने हुँदै गइरहेको बताए। 

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा ५० खर्ब ३१ अर्ब निक्षेप रहेको छ। यो गत साता पनि ५० खर्ब ३१ अर्ब नै रहेको थियो। यता वाणिज्य बैंकहरूमा पनि ४४ खर्ब ३४ अर्ब रहेको निक्षेप एक सातादेखि बढ्न सकेको छैन। एक साताअगाडि भने वाणिज्य बैंकहरूमा ८ अर्ब निक्षेप थपिएको थियो। त्यसयता कुनै पनि रकम वाणिज्य बैंकमा थपिएको छैन। 

वित्तीय संस्थाहरूबाट जारी गरिने ऋण प्रवाह पनि बढेको छैन। पछिल्लो एक सातामा १ अर्ब मात्रै ऋण प्रवाह भएको छ। हालसम्म ४७ खर्ब ११ अर्ब ऋण प्रवाह पुगेको छ। वाणिज्य बैंकहरूको ऋण ऋण प्रवाह ४१ खर्ब ७७ अर्ब रहेको छ। सीडी रेसियो पनि ८८.३६ प्रतिशतमा पुगेको छ।

वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंक दिएको ९० प्रतिशतको सीडी रेसियोको सीमा धान्न भदौ महिनाभित्रै गाह्रो पर्ने देखिएको छ।


प्रकाशित : आइतबार, भदौ १९ २०७९०६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend