शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

श्रृजनशील लघुवित्तको आईपीओ भर्न आज अन्तिम दिन, कति कित्तासम्म भर्न पाइन्छ?

आइतबार, भदौ १९ २०७९
श्रृजनशील लघुवित्तको आईपीओ भर्न आज अन्तिम दिन, कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं- श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ।

कम्पनीले भदौ १५ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो।

सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ। यीबाहेक बाँकी ३ लाख ६८ हजार ५ सय ९० कित्ता सेयर भने सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न लागिएको हो। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। बिक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयसँगै मेरोसेयर वेबसाइट तथा एपमार्फतसमेत आवेदन दिन सक्नेछन्। 

हाल कम्पनीमा संस्थापकहरूबाट चुक्ता भएको पुँजी ७ करोड रहेको छ। कर्मचारी समेत सर्वसाधारणमा आईपीओ बिक्री तथा बाँडफाँट पश्चाथ कम्पनीको चुक्तापुँजी १० करोड ९३ लाख ७५ हजार कायम हुनेछ। 

 


प्रकाशित : आइतबार, भदौ १९ २०७९०३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend