शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

साताभर थामिने प्रयासबीच नकारात्मक बनेको सेयर बजारमा देखिएन विश्वास, ५८ अंकले घट्यो

शुक्रबार, भदौ १७ २०७९
साताभर थामिने प्रयासबीच नकारात्मक बनेको सेयर बजारमा देखिएन विश्वास, ५८ अंकले घट्यो

काठमाडौं- सेयर बजारमा यो साताको कारोबार उतारचढाव रहँदै ओरालोतर्फ लागेको छ। यो साता कारोबारको ६ दिनमध्ये दुई दिनमा गरेर ५.९५ अंकको वृद्धि देखिँदा चार दिनमा ५८.०८ अंकको गिरावट देखिएको छ। लामो समयदेखि २००० को बिन्दु वरपर घुमिरहेको बजार अहिले तल झर्न थालेको हो।

यो साता आइतबार ३३.३६ अंकले घटेको बजारमा सोमबार ३.७६ अंकको वृद्धि देखिएको थियो। मंगलबार २.१९ अंकले बढेको बजार बुधबार पुन: २१.९७ अंकले घटेको थियो। बिहीबार १.०८ अंकले घटेर बजार १९७२.२९ बिन्दुमा झरेको थियो।

शुक्रबार आधा दिनको कारोबारमा पनि बजारप्रति लगानीकर्ताको विश्वास देखिएन। शुक्रबार १.६७ अंकले घटेर बजार १९७०.६२ बिन्दुमा झरेको छ। ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको बजारमा ७३ कम्पनीको सेयर मूल्य बढेको छ। ९७ कम्पनीको मूल्य घट्दा १७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

लगानीकर्ताले विश्वासको आधार नभेटेको सेयर बजारमा सुधारको अपेक्षा सार्थक हुन सकिरहेको छैन। बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन नसकेको विश्लेषकहरू बताउँछन्।

बैंक तथा वित्तीय संस्थाहरूको सुधारको आश देखिइरहँदा पनि सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : शुक्रबार, भदौ १७ २०७९०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend