शुक्रबार, असोज ४ गते २०८१    
images
images
स्वास्थ्य

कोभ्याक्समार्फत नेपालले मोडेर्नाको ४० लाख खोप ल्याउँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०७८
images
images
कोभ्याक्समार्फत नेपालले मोडेर्नाको ४० लाख खोप ल्याउँदै

  नेपालले कोभ्याक्समार्फत मोडेर्नाको ४० लाख डोज कोभिड विरुद्धको भ्याक्सिन पाउने भएको छ। खोप आउँदो फागुनदेखि नेपालमा आपूर्ति सुरु हुने छ। 

images
images

काठमाडौं-  नेपालले कोभ्याक्समार्फत मोडेर्नाको ४० लाख डोज कोभिड विरुद्धको भ्याक्सिन पाउने भएको छ। खोप आउँदो फागुनदेखि नेपालमा आपूर्ति सुरु हुने छ। 

images
images
images

कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ।

'कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल सुरुवाती देशहरू मध्येको एक हो र चुनौतिपूर्ण परिस्थितिहरुका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु', स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भनेका छन् 'मोडेर्ना खोपले १२ वर्ष उमेरमाथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्नुका साथै कोभिड पछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिनसमेत सघाउने भएको छ।'

याे खोपले नेपालका ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने  विश्वास लिइएको विश्व बैंकले जनाएकाे छ। 

images

'कोभ्याक्स सुविधामार्फत कोभिड विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ' माल्दिभ्सनेपाल तथा  श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भनेका छन्। 'यस सहयोग हाम्रो समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश हो जसले नेपालको आपतकालिन स्वास्थ्य क्षेत्रको माग पूरा गर्न र स्वास्थ्यसेवा र खोप वितरण प्रणालीलाई सबल बनाउन सहयोग गर्नेछ' उनले भने। 

सरकारको महामारीविरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १ सय ४ मिलियन डलर उपलब्ध गराइसकेकाे जनाएको छ।जसअन्तर्गत कोभिड-१९ विरूद्धका खोपहरूको खरिद र विस्तारका लागि साढे ६७ मिलियन डलर विनियाेजन गरिएको छ। 

अघिल्लो महिना विश्व बैंकका तर्फबाट एक हजार वटा अक्सिजन कन्सन्ट्रेटरहरू र सातवटा अक्सिजन जेनेरेटर प्लान्टहरू ल्याइएको थियो। जुन सातै वटा प्रदेशहरूमा स्थापना गरिने बताइएको छ। 


प्रकाशित : शुक्रबार, साउन २९ २०७८१०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend