आइतबार, जेठ ६ गते २०८१    
images
images

कोसी करिडोर अन्तर्गतको चतरा-लेगुवाघाट सडक निर्माणमा ४ अर्ब १७ करोड खर्च हुने

प्रतिकिलोमिटर खर्च ६ करोड ६८ लाख रुपैयाँ

images
बिहीबार , भदौ १६ २०७९
images
images
कोसी करिडोर अन्तर्गतको चतरा-लेगुवाघाट सडक निर्माणमा ४ अर्ब १७ करोड खर्च हुने
images
images

काठमाडौं- कोसी करिडोर अन्तर्गत पर्ने चतरा-लेगुवाघाट सडक निर्माणमा ४ अर्ब १७ करोड ६ लाख ९९ हजार रुपैयाँ लागत अनुमान भएको छ।

images
images
images

वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा ६२.४२६ किलोमिटर सडक निर्माणका लागि उक्त रकम लाग्ने उल्लेख छ।

images

सडक विभाग भू-वातावरण तथा सामााजिक सुरक्षा शाखाको प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातवरण मन्त्रालयममा पेस भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा सडक निर्माणमा प्रतिकिलोमिटर ६ करोड ६८ लाख १० हजार ३ सय ३ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

images
images

यो सकड धनकुटा जिल्लाको तीनवटा गाउँपालिकामा पर्नेछ। सडकखण्ड साँगुरीगढी गाउपालिकाको वडा नम्बर १०, शहीदभूमी गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ र पाख्रीवास गाउँपालिकाको वडा नम्बर ५, ६ र ८ भएर सडक जाने छ।

images
images

६२.४२६ किलोमिटर लम्बाई हुने सडकको ९ मिटर चौडाइ रहने छ। ७ मिटर कालोपत्र र सडकको दायाँ वायाँ १-१ मिटर सोल्जर रहने रिपोर्टमा उल्लेख छ।

यो सडकखण्ड सबै नयाँ निर्माण हुने छ। यो सडकले चतरा-धरान र कोसी रार्जमागलाई जोड्द छ। यो सडक खण्ड समुन्द्री सतहबाट १४७ मिटरदेखि ५९४ मिटरसम्म रहेको छ।

यो सडक सप्तकोसी नदी र अरुण नदीको किनारा हुँदै जाने छ। सडक सिमाको ५० मिटर भू-उपभोगमा कृषि  जमिन १९ हेक्टर, वन क्षेत्र २९२ हेक्टर, झाडी ११.९ हेक्टर, घाँसे मैदान ३.५ हेक्टर र बालुवा जमिन ६.५१ हेक्टर पर्ने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

आयोजनाबाट निर्माण अवस्थामा तीन वर्षको लागि (८ लाख ३८ हजार ७ सय ३५ मानव दिन दक्ष र २१ लाख १० हजार १३० मानव दिन अदक्ष) स्थानीय जनतालाई रोजगारीको सृजना हुने रिपोर्टमा उल्लेख छ। आयोजना प्रभावित क्षेत्रका गरिब र पिछडिएका जनतालाई पहिला प्राथमिकताका साथ आयोजनाको निर्माण कार्यमा लगाइने हुँदा उनीहरूको सीप विकास हुने रिपोर्टमा उल्लेख छ।

आयोजनाको निर्माणबाट स्थानीय जनतालाई बाह्रै महिना यातायातको सुविधा हुने विषय पनि उल्लेख छ। उक्त आयोजनाले यातायात सहज हुने तथा यातायातको समय र खर्च घटाउने छ। आयोजनाले उक्त क्षेत्रमा गरिबी कम गर्न तथा ग्रामीण समुदायमा आर्थिक विकासमा सहयोग गर्ने लक्ष्य लिइएको छ।

सडक निर्माण हुँदा बजार, जिल्ला सदरमुकाम तथा अन्य ठाउँमा सहज पहुँच पुग्दछ जसले आर्थिक विकासमा सहयोग मिल्नुको साथै सडक सञ्चालन हुँदा कोशी राजमार्गको धरानधनकुटा सडक खण्डमा यातायातको चाप घट्ने रिपोर्टमा उल्लेख छ। बढ्दो पहुँच र यातायात अवसरले गर्दा अझ आर्थिक, सामाजिक विकास जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, बजार र बैंकिङ सेवाको विकास र विस्तार हुने रिपोर्टमा उल्लेख छ।


प्रकाशित : बिहीबार , भदौ १६ २०७९०९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend