बिहीबार , असोज ३ गते २०८१    
images
images

 आईएमई अफरका दुईजना विजेता घोषित 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १७ २०७८
images
images
 आईएमई अफरका दुईजना विजेता घोषित 

आईएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यही असोज १ देखि कार्तिक २६ सम्म ५७ दिनका लागि सञ्चालनमा आएको छ। 

images
images

काठमाडौं– आईएमईको 'डबलको डबलको डबल' अफर अन्तर्गत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । 

images
images
images

सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका छन्। फेसबुक लाइभ मार्फत नतिजा सार्वजनिक गरिएको थियो । 

विजेताहरूले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २ सय ७८ र ३१ हजार ६ सय ५३ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए। 
 
आईएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यही असोज १ देखि कार्तिक २६ सम्म ५७ दिनका लागि सञ्चालनमा आएको छ। 

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरूलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जनाले पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार पाउने कम्पनीले जानकारी दिएको छ। 

images

आइएमई पे मा रकम प्राप्त गर्दा २०० रुपैयाँ थप बोनस पनि ग्राहकले पाउनेछन्। 


प्रकाशित : आइतबार, असोज १७ २०७८१३:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend