शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

प्रतिबन्धित वस्तुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकको निर्देशन

बिहीबार , भदौ १६ २०७९
प्रतिबन्धित वस्तुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकको निर्देशन

सोहीअनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रतितपत्र नखोल्न निर्देशन दिएको हो। 

काठमाडौं- सरकारले प्रतिबन्ध लगाएका वस्तहरुको प्रतितपत्र (एलसी) नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

१० वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध मध्ये सरकारले ४ वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सोहीअनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रतितपत्र नखोल्न निर्देशन दिएको हो। 

nrb.jpg

गत बैशाख १३ गतेदेखि सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्ध गरेको थियो। सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित असोज २८ गतेसम्मका लम्ब्याउने निर्णय गरेको हो।

यसअघि भदौ १४ गतेसम्म १० वस्तुमा लागेको प्रतिबन्धमध्ये अहिले चार वटा वस्तुमा मात्र कायम गरिएको छ। सरकारले बैशाख १३ देखि असार १३ सम्म लगाएको प्रतिबन्ध पुन: असाेज २८ गतेसम्म लम्याएको हो। विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले विलासी वस्तुको आयात प्रतिबन्द लगाएको हो। 


प्रकाशित : बिहीबार , भदौ १६ २०७९०५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend