आइतबार, जेठ ६ गते २०८१    
images
images

हाइड्रोमा हकप्रदको ओइरो, लगानीकर्ता फस्लान् कि फाइदामा जालान्? यस्ता छन् जाेखिम र फाइदा

images
बिहीबार , भदौ १६ २०७९
images
images
हाइड्रोमा हकप्रदको ओइरो, लगानीकर्ता फस्लान् कि फाइदामा जालान्?  यस्ता छन् जाेखिम र फाइदा
images
images

काठमाडौं- हाइड्रोपावर कम्पनीहरूले पुनः एकपछि अर्को हकप्रद सेयर निष्कासन थालेका छन्। धेरै कम्पनीहरूले हकप्रदमार्फत रकम जम्मा पारेर चुक्ता पुँजी वृद्धिको अभियान थालेका छन्। देशकै ठूलो अपर तामाकोसीले पनि सत प्रतिशत हकप्रदन दिनका लागि आवेदन दिएको छ। 

images
images
images

यता बैक तथा वित्तीय संस्थाहरूका राष्ट्र बैंकले हकप्रद जारी गरेर चुक्तापुँजी वृद्धिमा रोक लगाउँदै मर्जरको नीति लिएको छ। बैंकहरूले चुक्ता पुँजी वृद्धि गर्दा जारी गरेको हकप्रदको बोझले अहिलेसम्म पनि दोस्रो बजारका लगानीकर्ता मारमा परेका छन्। 

images

ठुलो साइजको चुक्तापुँजी हुँदा दोस्रो बजारमा सेयर मूल्य बढ्न सकेको छैन। अब हाइड्रो पावर कम्पनीहरूले पनि हकप्रद जारी गरेर ठूला कम्पनी हुँदा दोस्रो बजारमा चलखेल भने रोकिन सक्छ। तर धेरै मूल्यमा सेयर खरिद गरेकाहरू भने लगानी गुमाउन पनि सक्ने देखिएको छ। पछिल्लो समय हाइड्रो कम्पनीहरू भने धमाधम हकप्रद जारी गर्न लाइनमा बसेका छन्। 

images
images

दोस्रो बजारमा पछिल्ला वर्षहरूमा हाइड्रो पावर कम्पनीकै दबदबा हुने गरेको छ। विद्युत नियमन आयोगले हकप्रद सेयर निष्कासन गर्न मिल्ने कानून बनाएसँगै जलविद्युत कम्पनीको सेयरमा आकर्षण देखिँदै आएको छ। हकप्रद सेयर निष्कासन गर्न सक्ने सम्भावना भएका कम्पनीमा लगानीकर्ताको आकर्षण समेत देखिएको छ। 

images
images

जलविद्युत कम्पनीको सेयर तुलनात्मक रुपमा कम हुन्छ। सेयर संख्या कम हुने भएकाले लगानीकर्ताहरूलाई खेलाउन सबैभन्दा सजिलो हुने गरेको छ। सेयर सप्लाइसँगै हकप्रद सेयरको समाचारले मूल्यमा तलमाथी गर्ने गरिएको छ। यस अघिको बुलमा सबैभन्दा बढीवृद्धि हाइड्रो कम्पनीमा भएको थियो। 

हकप्रद भर्दा खासगरी सेयर बजार बढेर सेयर मूल्य बढेको खन्डमा फाइदा हुने देखिन्छ। हकप्रदमा १०० रुपैयाँमा भर्न पाउने भएकाले आइपीओ सरह हुने गर्दछ। तर कहिलेकाही हाइड्रोपवारको सेयर मूल्य आईपीओको मूल्य भन्दा पनि कम हुने भएकोले त्यो समयमा भने घाटा सहनुपर्ने हुन्छ। विगतमा हाईड्रोपावर कम्पनीका सेयर मूल्य ५० रुपैयाँसम्म आएको थियो। अहिले पनि ७ सय सम्म पुगेका सेयर मूल्य घटेर २ सय देखि ३ सय मूल्यमा झरेको छ। 

कुनको कति ? 

केही समय अगाडि अपी पावर, अरुण भ्याली, छ्याङ्दीलगायतका हाइड्रोपावरले हकप्रद निष्कासन गरिसकेका छन्। केहीले बिक्री खुला गरेका छन्। भने अन्य आधा दर्जन कम्पनी तयारीमा जुटेका छन्। ङादी ग्रुपले पावरले केहि दिन अघि मात्रै १५० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो। गत साउन १८ मै १ करोड ६ लाख ३ हजार ९८३ कित्ता सेयर बिक्री गरेको हो।

राधी विद्युतले पनि १४७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले बुकक्लोज समेत गरिसकेकोले ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ। पछिल्लो समय बरुण हाइड्रोपावरले अहिले सत प्रतिशत हकप्रद सेयरको लागि बिक्री खुला गरेको छ। २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो। 

हिमाल दोलखा हाइड्रोपावरले पनि ७५ प्रतिशत हकप्रद जारीको लागि प्रक्रिया सुरु गरेको छ। कम्पनीले आगामी १९ गते हुने साधारणसभा मार्फत उक्त प्रस्ताव पास गर्न लागेको हो। नेशनल हाइड्रोपावरले पनि ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। कम्पनीले २ कित्ता बराबर १ कित्ता सेयर दिन लागेको हो। भदौ १७ गते शुक्रबार विशेष साधारणसभा बोलाएको छ।  

अपर तामाकोसीले पनि शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले साधारणसभाबाट पारित गरेर नियमकम निकायमा आवेदन दिने तयारीमा रहेको छ। अरुण कावेली हाइड्रोपावर पनि हकप्रद निष्कासनको लागि अन्तिम तयारीमा छ। कम्पनीले पनि सतप्रतिशत हकप्रद दिन लागेको हो। यस्तै अरुण भ्याली हाइड्रोपावरले पनि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ।


प्रकाशित : बिहीबार , भदौ १६ २०७९०१:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend