शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

स्रोत नखुलेको ४९ लाख ५० हजारसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

images
images
स्रोत नखुलेको ४९ लाख ५० हजारसहित पक्राउ परेका घ्याल्चेन जेल चलान
images
images

काठमाडौं- नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ।

images
images
images

प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका-६ भृकुटीचोकमा स्रोत नखुलेको ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो।

images

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घ्याल्चेनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार ‘नेपाल राष्ट्र बैँक ऐन, २०५८ को कसूर मुद्दामा’ कारागार चलान गरेको जानकारी दिए।

images

पक्राउ परेका घ्याल्चेनसँग प्रहरीले बा ९९ प ७२०४ नम्बरको मोटरसाइकल, ४९ लाख ५० हजार, नागरिकता, मोबाइल र नीलो झोला एक थान बरामद गरेको थियो। 

images
images

images

प्रकाशित : बुधबार, भदौ १५ २०७९१०:३४

प्रतिक्रिया दिनुहोस