आइतबार, जेठ ६ गते २०८१    
images
images

खलंगा-तिकंर सडकमा द्रुत गतिमा काम हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १५ २०७९
images
images
खलंगा-तिकंर सडकमा द्रुत गतिमा काम हुँदै
images
images

दार्चुला- सदरमुकाम खलंगा-तिकंर सडकको जिम्मा पाएको नेपाली सेनाले निर्माण कार्यमा वार्षिक लक्ष्यभन्दा डेढ किलोमिटर बढी सडक निर्माण गरेको छ।

images
images
images

आर्थिक वर्ष २०७८/७९ मा व्यास गाउँपालिका-३ तुषारपानीदेखि वडा नम्बर २ दुम्लिङसम्मको आठ दशमलव चार किलोमिटर सडक निर्माण गरिसकेको छ। उक्त क्षेत्रमा चार मिटर चौडाइको तीन किलोमिटर सडक र चारदेखि छ मिटर चौडाइको चार किलोमिटर सडक निर्माण गर्ने सेनाको वार्षिक लक्ष्य रहेको आयोजना प्रमुख तथा प्रमुख सेनानी हरिबहादुर बोहराले बताए। 

images

उनका अनुसार ट्रयाक खोलिसकेपछि असोजपछि राप्लाको दुम्लिङसम्म गाडी पुग्ने सम्भावना रहेको छ। तीन मिटर चौडाइ रहेको क्षेत्रमा सडकलाई अझ बढी  चौडा बनाइने आयोजना प्रमुख बोहराले बताए। गत आवदेखि मात्रै सेनाद्वारा सडक निर्माणको कार्य सुरु गरिएको थियो  

images
images

गतवर्ष सेनाले सात किलोमिटर लामो सडकको ट्रयाक निर्माण गर्ने लक्ष्य राखेको उनले बताए। नेपाल सरकारले २०७७ वैशाख १४ गते तिंकर सडक निर्माणको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो। उक्त सडक निर्माणका लागि विसं २०७७ असारमा नेपाली सेनाको विकास निर्माण कार्यदल दार्चुला पुगेको थियो।

images
images

विसं २०७७ मा सेनाले सडक निर्माणको प्राविधिक तयारी, सुन्सेरा र दुम्लिङमा क्याम्प स्थापना तथा सडक निर्माणको व्यवस्थापकीय काम गरेको थियो। विसं २०७९ वैशाखको दोस्रो साता सेनाको हेलिकप्टरमार्फत राप्लाको माल र दुम्लिङमा स्काइभेटर र कम्प्रेसर मेसिन ढुवानी गरिएका छन्। सेनाले जिम्मा लिनुभन्दा पहिला श्रमिकबाट हातेऔजार प्रयोग गरी सडक खनिँदै आएको थियो।

तुषारपानीदेखि दुम्लिङसम्मको साढे आठ किलोमिटर लामो सडक निर्माण कार्यमा दैनिक तीनदेखि साढे चार सय जनासम्म श्रमिक परिचालन गरिएको आयोजनाले जनाएको छ। सडक निर्माणमा प्रयोग गरिएका जनशक्तिमध्ये ७० प्रतिशत दार्चुलाका स्थानीय रहेका आयोजना प्रमुख बोहराले बताए। फतङगाड, कोठधार, माल, सगनाडी, दुम्लिङलगायत स्थानमा श्रमिकको क्याम्प राखेर सडक निर्माण भइरहेको छ। 

उक्त सडक निर्माणका लागि सुन्सेराबाट भरिया र खच्चरमार्फत पेट्रोलियम पदार्थ ढुवानी गरिएको थियो। सडक निर्माण भइरहेका स्थानमा स्काइभेटर र कम्प्रेसर मेसिन चलाउन पेट्रोलियम पदार्थ ढुवानी गरिएको आयोजनाको भनाइ छ। गतवर्ष सरकारले तिकंर सडक निर्माणका लागि नेपाली सेनालाई १५ करोड ८० लाख बजेट उपलब्ध गराएको थियो। सडक निर्माण आयोजनाले ९१ प्रतिशत बजेट खर्च भएको जनाएको छ। 

गत वर्ष विनियोजित बजेटमध्ये १४ करोड ३८ लाख सडक निर्माणमा खर्च भएको आयोजनाले जानकारी दिएको छ। भौगोलिक विकटता र कडा चट्टान भएका कारणले काम गर्न निक्कै कठिन भएको उनले बताए। कडा चट्टानका बाबजुद पनि निर्माण कार्य लक्ष्यभन्दा बढी नै भएको प्रमुख बोहराको भनाइ छ। रासस


प्रकाशित : बुधबार, भदौ १५ २०७९०९:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend