शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

डलर प्रिपेड कार्डमार्फत हुने १८ वटा भुक्तानीमा कडाइ, कहाँ कहाँ पर्छ असर?

बुधबार, भदौ १५ २०७९
डलर प्रिपेड कार्डमार्फत हुने १८ वटा भुक्तानीमा कडाइ, कहाँ कहाँ पर्छ असर?

काठमाडौं- नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरेको छ। सबै प्रकारको बीमा शुल्क भुक्तानी नभइ मर्चेन्ट कोड नं ५९६० को डाईरेक्ट मार्केटिङ इन्स्योरेन्स सर्भिस र ६३०० कोड नं को इन्स्योरेन्स सेल्स एण्ड अण्डराईटिङ सेवाको रकम भुक्तानीमा कडाइ गरिएको हो।

राष्ट्र बैंकले डलर प्रिपेड कर्डमार्फत १८ वटा भुक्तानीमा प्रतिबन्ध लगाएको हो। नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत् विदेशबाट वस्तु तथा सेवा खरिद बापतको भुक्तानी प्रयोजनका लागि ५०० डलर बराबरको प्रिपेड कार्ड जारी गर्न वाणिज्य बैंक र विकास बैंकलाई स्वीकृति दिएको थियो।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले परिपत्र जारी गर्दै विभिन्न १० वटा मर्चेन्ट क्याटोगोरी कोडमा उक्त कार्डबाट भुक्तानी गर्न नसकिने व्यवस्था गरेको हो। 

nrb-bhadra-15.jpg

जसअनुसार मर्चेन्ट क्याटागोरी कोड डलर प्रिपेड कार्डबाट हुने भुक्तानीहरु वायर ट्रान्सर्फर, बीमा सेवाको डाइरेक्ट मार्केटिङ, स्ट्याम्प र क्वाइनको भुक्तानी गर्न नसकिने राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), वित्तीय संस्थाको व्यापार तथा सेवा, गैर बैंक तथा वित्तीय संस्थाहको विदेशी मुद्रा, मनि अर्डर यात्रुको भुक्तानी डलर कार्डमार्फत भुक्तानी पनि डलर प्रिपेड कार्डमार्फत गर्न राष्ट्र बैंकले रोक लगाएको हो।

धितोपत्र दलाल-डिलर्स, बीमा बिक्री, अन्डराइटिङ तथा प्रिमियम, रियल इस्टेट एजेन्ट तथा म्यानेजर (रेन्टल) वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा, कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठनलाई उक्त कार्डमार्फत भुक्तानी गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ।


प्रकाशित : बुधबार, भदौ १५ २०७९०८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend