शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

विद्युतीय र हाइब्रिड सवारीमा केन्द्रित हुँदै जीडब्लूएम, सार्वजनिक गर्‍यो नयाँ मोडल

images
images
images
विद्युतीय र हाइब्रिड सवारीमा केन्द्रित हुँदै जीडब्लूएम, सार्वजनिक गर्‍यो नयाँ मोडल

२०२५ सम्ममा जीडब्लूएमले आरएन्डडीमा कुल १ खर्ब चिनियाँ युआन खर्चने योजना अघि सारेको छ। यो रकम मुलतः न्यू इनर्जी र इन्टेलिजेन्ट आधारित प्रविधि विकासमा खर्च हुनेछ।

images
images

काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी ग्रेटवाल मोटर (जीडब्लूएम) विद्युतीय तथा हाइब्रिड विद्युतीय सवारी उत्पादनाम केन्द्रित हुने भएको छ। न्यू इनर्जी सवारी उत्पादनलाई प्राथमिता दिने नीति विश्वभरका सवारी उत्पादनले लिएको छन्। शून्य र कम प्रदूषण गर्ने सवारी उत्पादनलाई ग्रेटवाल मोटरले पनि विशेष प्राथमिता दिने उद्देश्यले विभिन्न मोडलका सवारी सार्वजनिक गरेको हो। 

images
images
images

जीडब्लूएमले छेन्दु मोटर शो २०२२ मा ६ ब्रान्डका विद्युतीय तथा हाइब्रिड सवारी प्रदर्शनीमा राखेको थियो। उक्त अटो शोमा जीडब्लूएमका सवारी आकर्षक मोडलका रुपमा दरिएको थियो। शोमा हाभाल, ट्यांक र डब्लूईवाई ब्रान्डका हाइब्रिड विद्युतीय सवारी सार्वजनिक भएको हो। यी सबै ब्रान्ड जीडब्लूएमका सब ब्रान्डहरु हुन्। 

images

त्यस्तै ग्रेटवालका सवब्रान्ड ओरा र सारका पूर्णविद्युतीय सवारी समेत प्रदर्शनीमा राखिएको थियो। भिन्न लुक्स, अत्याधुनिक प्रविधियुक्त कार भएकाले ओरा र सारका कारले धेरैको ध्यान तानेको थियो। ‘परम्परागत कार उत्पादनमा चीनको पायोनियर कम्पनी मध्येको एक जीडब्लूएमले न्यू इनर्जी सवारीका लागि चालेको कदम सराहनीय रहेको छ। कम्पनीले सवारीसाधनको विद्युतीकरणका लागि गरेको कामले चीनका साथै विश्व बजार र सिंगो ब्रम्हान्डको वातावरण जोगाउनमा समेत सहयोग पुग्ने छ,’ नेटइजले लेखेको छ।

images

जीडब्लूएमले हाभाल ब्रान्डलाई ‘न्यू इनर्जी एसयूभी एक्सपर्ट’का रुपमा अघि सारेको छ। हाभालका एचसिक्स एलईभी, एचसिक्स पीएचईभी र एचडग सार्वजनि गरिएको हो। विशेषगरि हाभालको एचडग नयाँ विद्युतीय हाइब्रिड एसयूभी हो। विश्व बजारका लागि सार्वजनिक भएको एचडगमा १.५ टीप्लस डीएचटी-पीएचभईभी पावरट्रेनमा आएको छ। जसले २४० केडब्लू पावर र ५३० एनएम टर्क जेनेरेट गर्छ। 

images
images

न्यून प्रदूषण गर्ने सवारीमा यात्रा गर्ने र त्यो पनि एसयूभी सेगमेन्टका कार खोज्नेहरुका लागि हाभालका एसयूभी उपयुक्त विकल्पको रुपमा आएको छ। हाभालका एसयूभी नेपालसहित विश्वका विभिन्न बजारमा उपलब्ध रहेको छ। 

tank 500.jpg

छेन्दु मोटर शोमा ट्यांकका दुई न्यू इनर्जी मोडलका कार ट्यांक३०० एचभईभी र ट्यांक५०० पीएचईभी प्रदर्शनीमा राखिएको थियो। अफ रोडका लागि ट्यांक ब्रान्ड निक्कै चर्चित मानिएको छ। पावर र सुविधाले ट्यांक प्रति उपभोक्ताको आकर्षण बढेको हो। नेपाली बजारमा समेत आयातकर्ता कम्पनीले ट्यांक भित्र्याउने योजना बनाएको छ।  

त्यस्तै जीडब्लूएमको अर्को सवब्रान्ड डब्लूईवाईको कफी वान, लाटे डीएचटी-पीएचईभी चिनियाँ बजारका लागि सार्वजनिक भएको छ। यो ब्रान्डको कफी वान युरोपेली बजारमा जाने पहिलो कार हो। 

न्यू इनर्जी सवारीको क्षेत्रमा दीर्घकालीन रुपमा स्थायी प्रविधिको विकास गर्न जीडब्लूएमले ठूलो लगानीसहित काम गरिरहेको छ। जीडब्लूएमले हाइब्रिड विद्युतीय र पूर्णविद्युतीय कारलाई संगसंगै अघि बढाउने जनाएको छ। यसका लागि कम्पनीले आरएन्डडीमा ठूलो लगानी गरिरहेको छ। 

२०२५ सम्ममा जीडब्लूएमले आरएन्डडीमा कुल १ खर्ब चिनियाँ युआन खर्चने योजना अघि सारेको छ। यो रकम मुलतः न्यू इनर्जी र इन्टेलिजेन्ट आधारित प्रविधि विकासमा खर्च हुनेछ। यसको परीणम उपभोक्ताले हरित सवारी, उच्च प्रविधि र सुविधायुक्त कार चढ्न पाउने विश्वास कम्पनीले लिएको छ। २०२५ सम्ममा जीडब्लूएमले सार्वजनिक गर्ने ८० प्रतिशत न्यू इनर्जी सवारी हुने दाबी गरेको छ। 

जीडब्लूएमको न्यू इनर्जी सवारी रणनीतिमा हाभालका नयाँ सवारीले उडान भर्ने विश्वास जीडब्लूएमका अध्यक्ष मु फेङले लिएका छन्। जीडब्लूएमका सवारी विगत लामो समयदेखि नेपाली बजारमा उपलब्ध रहेको छ। पछिल्लो केही वर्षयता भीजी इम्पेम्सले जीडब्लूएमका सवारी बिक्री गर्दै आएको छ।

इम्पेक्सले ग्रेटवाल, हाभाल तथा विद्युतीय ओरा ब्रान्डका कार उपलब्ध गराउँदै आएको छ। त्यस्तै कम्पनीले स्तरीय सर्भिस तथा पर्याप्त स्पेयर पार्टसमेत उपलब्ध गराएको र देशभर नेटवर्क बढाउने क्रममा रहेको छ। 

images

प्रकाशित : बुधबार, भदौ १५ २०७९०९:०३

प्रतिक्रिया दिनुहोस