शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

श्रृजनशील लघुवित्तको आईपीओ खुला, कति कित्ता भर्ने?

बुधबार, भदौ १५ २०७९
श्रृजनशील लघुवित्तको आईपीओ खुला, कति कित्ता भर्ने?

काठमाडौं- श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ आज बुधबारबाट खुला भएको छ। लघुवित्तले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आईपीओ निष्कासन गरेको हो।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको छ।

लघुवित्तले निष्कासन गर्ने कुल ३ लाख ९३ हजार ७५० कित्ता सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म थप हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङमा नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ रेटिङ प्रदान गरेको छ। 


प्रकाशित : बुधबार, भदौ १५ २०७९०३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend