शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बैंकहरूमा एकै दिन थपियो ८ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार हुँदा ऋण प्रवाह ठप्प

बुधबार, भदौ १५ २०७९
बैंकहरूमा एकै दिन थपियो ८ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार हुँदा ऋण प्रवाह ठप्प

काठमाडौं- भदौको दोस्रो साता बैंकिङ प्रणालीको निक्षेप स्थिर देखिएको निक्षेप एकैदिन ८ अर्ब थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार एकैदिन बैंकहरुमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। 

बैंकहरुले गत फागुनयता ब्याजदर नबढाए पनि निक्षेप भने आउन सकेको छैन। यता आयातमाथीको प्रतिबन्घ हट्न नसकेपनि खासै निक्षेप बढ्न सकेको छैन। सरकारले आयातमाथीको प्रतिबन्ध लम्ब्याएर असोज २८ सम्म पुर्याएको छ। यता सेयर धितो कर्जादेखि घरजग्गामा पनि बैंकहरु ऋण प्रवाह ठप्प पारेका छन्। तर असारयता १ खर्ब २५ अर्ब निक्षेप घटिसकेको छ। 

बैंकहरुमा ४४ खर्ब २५ अर्ब रहेको निक्षेप मंगलबार मात्रै ४४ खर्ब ३३ अर्ब पुगेको हो। ८ अर्ब निक्षेप बढ्दा ऋण प्रवाह १ अर्ब घटेके छ।  बैंकहरुको ऋणप्रवाह ४१ खर्ब ७२ अर्ब रहेको छ। सीडी रेसियो पनि ८८.२५ प्रतिशतमा झरेको छ। सोमबारसम्म ८८.३९ प्रतिशत रहेको थियो। 

साउनयता लगातार घटेको निक्षेप भदौमा पनि घटिरहेको थियो। साउनको ३१ गतेसम्म ४४ खर्ब ३३ अर्ब रहेको निक्षेप भदौ ३ गतेसम्म आइपुग्दा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ। साउन ३१ गतेसम्म ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा भदौको ३ गतेसम्म ४१ खर्ब ७८ अर्ब रुपैयाँ ऋण प्रवाह पुगेको थियो। 

असार ३२ यता बैंकहरूमा १ खर्ब १५ अर्ब निक्षेप घटिसकेको थियो। बैंकहरूमा असार ३२ मा ४५ खर्ब  ४१ अर्ब निक्षेप रहेकोमा भदौ ३ गतेसम्म आइपुग्दा ४४ खर्ब २६ अर्बमा निक्षेप झरेको थियो। 


प्रकाशित : बुधबार, भदौ १५ २०७९०१:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend