शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

चिस्यान केन्द्र सञ्चालनमा ढिलाइ

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १४ २०७९
images
images
चिस्यान केन्द्र सञ्चालनमा ढिलाइ
images
images

रामेछाप- प्रदेश सरकारबाट हस्तान्तरण नहुँदा रामेछापको मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा आउन ढिलाइ भएको छ।

images
images

बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तित भएका छन्। 

images
images

जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसममा बजारसम्म पुर्‍याउने उद्देश्यले चिस्यान केन्द्र निर्माण भए पनि हालसम्म प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेको छैन। निर्माण कम्पनीले विसं २०७८ असार मसान्तअघि नै कार्य सम्पन्न गर्नुपर्ने सम्झौता उल्लेख छ।

images
images

रामेछापमा जुनार सुन्तलाजस्ता अमिलो जातका फलफूल तथा आलुलगायतका तरकारी ठूलो परिमाणमा उत्पादन हुने गर्छ। चिस्यान केन्द्र नहुँदा किसानको कतिपय उत्पादन समयमा बिक्री नहुँदा त्यतिकै नाश हुने गरेको छ।

केन्द्र बनेपछि समय अनुकूल तरकारी बिक्री गर्न सकिने कृषकको विश्वास छ। केन्द्र निमार्ण सुरु भए यता आफूहरूले उत्पादनमा वृद्धि गरेको कृषक मीनबहादुर खड्काले बताए। समयमै चिस्यान केन्द्र नबन्दा आफूहरूले उत्पादन गरेको आलु, काउली, टमाटर सधैँ कुहिएर जाने गरेको कृषकको गुनासो छ।

'घर नजिकै चिस्यान केन्द्र बन्छ भन्दा जति खुसी लागेको थियो, केन्द्र अलपत्र अवस्थामा पुग्दा त्यो भन्दा बढी दुःख लागेको छ', अर्का कृषक पार्वती सुवेदीले भने। प्रदेश सरकारले निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्न ढिलाइ गर्दा चिस्यान केन्द्र अलपत्र आवस्थामा पुगेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताए। रासस


प्रकाशित : मंगलबार, भदौ १४ २०७९१३:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend