शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एलआईसी इन्स्योरेन्सले सेयरधनीलाई १ कित्ता बराबर ८८.४५ रेसियोमा हकप्रद दिने

मंगलबार, भदौ १४ २०७९
एलआईसी इन्स्योरेन्सले सेयरधनीलाई १ कित्ता बराबर ८८.४५ रेसियोमा हकप्रद दिने

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद दिने भएको छ। कम्पनीमा ५५ प्रतिशत लगानी रहेको भारतीय कम्पनी भारतीय जीवन बीमा निगमले हकप्रदको सहमति दिएसँगै कम्पनीको ११९ औँ साधारणसभाले हकप्रद दिने निर्णय गरेको हो। 

कम्पनीको साधारणसभाले सेयरधनीहरूलाई १ः८८.४५ रेसियोमा हकप्रद दिन लागेको हो। 

भारतीय जीवन बीमा निगमको गत महिना बसेको संचालक समितिको बैठकले नेपालमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडमा हकप्रदमा रुपमा १ अर्ब २७ करोड ७ लाख रुपैयाँ लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

बीमा समितिले ५ अर्ब चुक्ता पुँजी पुर्‍याउन अनिवार्यगरेसँगै कम्पनीले पनि हकप्रद दिएर चुक्ता पुँजी बढाउन लागिएको हो। 

हाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रहेको छ। यस कम्पनीमा भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत लगानी रहेको छ।


प्रकाशित : मंगलबार, भदौ १४ २०७९०९:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend