शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनएमबी बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य, जलस्रोतमा लगानी प्रवर्द्धन गर्न सहज 

सोमबार, भदौ १३ २०७९
एनएमबी बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य, जलस्रोतमा लगानी प्रवर्द्धन गर्न सहज 

काठमाडौं- एनएमबी बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआईआई)बीच लगानी प्रवद्र्धन गर्ने सम्झौता भएको छ। दुई संस्थाबीच २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता भएको हो। एनएमबी बैंक बीआईआईबाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक हो। 

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्नेछ। यसरी विस्तार गरिएको लगानीले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने विश्वास बैंकको छ।

एनएमबी बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए। 

एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ।   

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : सोमबार, भदौ १३ २०७९१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend