शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एभरेष्ट र सनराइज बैंकबीच मर्जको तयारी, स्वाप रेसियो कति होला? यस्ता छन् वित्तीय सूचक

मंगलबार, भदौ १४ २०७९
एभरेष्ट र सनराइज बैंकबीच मर्जको तयारी, स्वाप रेसियो कति होला? यस्ता छन् वित्तीय सूचक

काठमाडौं- एभरेष्ट बैंक र सनराइज बैंकबीच मर्जरमा जानेगरी छलफल तीव्र भएका छन्। दुव बैंक सञ्चालक समितिबीच मर्जरको लागि छलफल तीव्र भएका हुन्।

नेपाल राष्ट्र बैंकको निर्देशनपश्चात मर्जरमा जान बाँकी बैंकहरु दबाबमा रहेका छन्। राष्ट्र बैंकले मर्जर जान र सम्झौता गर्न बाँकी बैंकहरुलाई पुस मसान्तसम्मको समयअवधी दिएको छ। सोही कारण पनि एभरेष्ट र सनराइज बैंकले मर्जरका लागि छलफल अगाडि बढाएका छन्। 

एभरेष्ट र सनराइजबैंक मर्ज हुँदा स्वाप रेसियोको बारेमा छलफल जारी रहेको छ। दुई बैंक मर्ज हुँदा १९ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ। 

सनराइको दोस्रो बजारमा २०८.५० रुपैयाँमा कारोबार भइरहेको छ।

बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ। बैंकको बजार पुँजीकरण २१ अर्ब ९ करोड रुपैयाँ रहेको छ। एभरेष्ट बैंकको दोस्रो बजारमा ४९८ रुपैयाँमा कारोबार भइरहेको छ। बैंकको ९ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। भने बजार पुँजीकरण ४६ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। 

कुनको सूचक कस्तो ? 

एभरेष्ट बैंक 

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ रुपैयाँ बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १९.८२ रुपैयाँ रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६.८९ रुपैयाँ पुगेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढ्नाले बैंकको यस्तो आम्दानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद नाफा ४३.७७ प्रतिशत बढेर २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बैंकको खुद नाफा बढ्न पुगेको हो।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४०.७३ रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५.९७ प्रतिशत बढेको छ भने जगेडा कोष १२.५७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १२.५७ प्रतिशत र कर्जा १३.९३ प्रतिशत बढेको छ।

सनराइज बैंक

सनराइज बैंक लिमिटेडले विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३.४१ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २१.५६ प्रतिशत र सञ्चालन मुनाफा १९.९० प्रतिशत बढेको छ। इम्पेरमेन्ट चार्ज बढेसँगै सञ्चालन मुनाफामा केही दबाब परेको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १ पैसा बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ।

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.७४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५.२९ रुपैयाँरहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशत बढेको छ भने जगेडा कोष २५.०८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २३.६५ प्रतिशत र कर्जा १९.५६ प्रतिशत बढेको छ।


प्रकाशित : मंगलबार, भदौ १४ २०७९०२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend