शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

निक्षेप स्थिर हुँदा ऋण प्रवाह २ अर्बले बढ्यो

सोमबार, भदौ १३ २०७९
निक्षेप स्थिर हुँदा ऋण प्रवाह २ अर्बले बढ्यो

काठमाडौं- भदौको पछिल्लो साता बैंकिङ प्रणालीको निक्षेप स्थिर देखिएको छ। भदौ महिनाको ३ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४४ खर्ब २६ अर्ब रहेकोमा भदौ १० गतेसम्ममा पनि सोहि निक्षेप कायम रहेको बैंकर्स संघले जनाएको छ। तर ऋण प्रवाह भने २ अर्ब रुपैयाँ बढेको छ।  

संघका अनुसार भदौ ३ गते बैंकहरूको कर्जा प्रवाह ४१ खर्ब ७८ अर्ब रहेकोमा भदौ १० गतेसम्ममा बैंकहरूको कर्जा प्रवाह २ अर्बले बढेर ४१ खर्ब ८० अर्ब पुगेको छ। यस अवधिमा बैंकहरूको सिडी रेसियो ८८.४२ प्रतिशत रहेको संघले जनाएको छ। 

चालु आर्थिक वर्ष सुरु भएयता बैंकको निक्षेप १ खर्ब १५ अर्बले घटेको छ। असार ३२ गते बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा भदौ १० गतेसम्मको अवधिमा बैंकहरूको निक्षेप घटेर ४४ खर्ब २६ अर्ब पुगेको हो।


प्रकाशित : सोमबार, भदौ १३ २०७९१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend