शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

समय अगावै स्याउ टिपिँदै, मुगुका किसानलाई चटारो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ १३ २०७९
images
images
समय अगावै स्याउ टिपिँदै, मुगुका किसानलाई चटारो
फाइल तस्बिर

जिल्लामा धेरै किसानले स्याउ खेती गरेका कारण एकैचोटी बजारमा पठाउँदा मूल्य नपाउने भएकाले पनि किसानहरु समय अगावै स्याउ बिक्री गर्न हतार गर्ने गरेका छन्।

images
images

मुगु- छायाँनाथ रारा नगरपालिका-५ का  स्याउ किसान विष्णुमाया रोकायाको परिवारलाई यतिबेला आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ। उनको बारीमा १५ स्याउका बोट छन्। वडा नं ४ का किसान हरिबहादुर भाम बिहानैदेखि साँझ अबेरसम्म स्याउ टिप्न बारीमा नै व्यस्त छन्।

images
images

उनीहरू मात्र होइन, यतिबेला जिल्लाका स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ। किसानहरु आफ्नो स्याउ बगैंचामा बिहानैदेखि सपरिवार स्याउ टिप्न व्यस्त देखिन्छिन्। स्याउ नै उनीहरुको मुख्य आम्दानीको स्रोत हो।

images
images

मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ। भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो। तर यो समय स्याउ टिप्नको लागी उपयुक्त समय भने होइन। मुगुको हावापानीअनुसार स्याउ टिप्ने समय भदौको अन्तिम तथा असोजको पहिलो साता भए पनि मुगुका स्याउ किसानले समय अगावै स्याउ टिप्न थालेका छन्। 

images
images

स्याउ ढिलो टिपे कुहिने र बिक्री नहुने समस्याले स्याउ किसान धमाधम स्याउ टिपेर बगैंचा खाली गर्न थालेको बताउँछन्। जिल्लामा धेरै किसानले स्याउ खेती गरेका कारण एकैचोटी बजारमा पठाउँदा मूल्य नपाउने भएकाले पनि किसानहरु समय अगावै स्याउ बिक्री गर्न हतार गर्ने गरेको हरिबहादुर बताउँछन्। यो वर्ष स्याउ उत्पादन धेरै हुने अनुमान गरेको भएपनि बजारीकरणको समस्याले स्याउ कसरी खपत गर्ने भन्ने पिरलो विष्णुमायालाई पनि  छ। 

केही किसानहरु भने स्याउ भण्डारण गर्ने ठाउँ नभएकाले व्यापारी बगैचामा आएको मौकामा स्याउ बेच्न हतारिने गर्दछन्। पछि के हुन्छ, बिक्री भएन भने वर्ष भरि कसरी गुजारा गर्ने भन्ने चिन्ताले आफूले काँचो स्याउ बिक्री गर्ने गरेको उनको भनाइ छ।  

यतिबेला स्याउ ब्यापारीले किसानको बगैचाबाट प्रतिकेजी ३० रुपैयाँमा स्याउ लिने गरेको किसानहरु बताउँछन्। व्यापारीहरु पनि समय अगावै आएर सस्तोमा किन्न खोज्ने गर्दछन्। 

उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुुहिने डर भएको हुँदा बिक्रि गर्ने गरेका स्याउ अर्का किसान सूर्य प्रकाश भामको भनाइ छ। उनका अनुसार स्याउ राख्ने कार्टुन नहुँदा पनि समस्या भएको छ। 

स्याउ टिप्न डोकाको प्रयोग गर्नु पर्दा सामान्य चोटपटकले पनि स्याउ कुहिने हुन्छ। भण्डारण र बजारीकरणको समस्या नहुने भए किसानले राम्रो मूल्य पाउने र उपभोक्ताले पनि स्वादिलो स्याउको स्वाद पाउने उनीहरुको भनाइ छ। व्यावसायिक रुपमा स्याउ खेती गरेका कतिपय किसानले आफूले नभ्याएर खेताला लगाउने गरेका छन्। स्याउ टिपरे गोठमा राखिएको छ। 

भरपर्दो सडक सुविधा नहुँदा स्याउ बजारीकरणको समस्याले किसानहरु चिन्तित छन्। यस वर्ष जिल्लामा स्याउ उत्पादन राम्रो भएको किसानहरु बताउँछन्। यहाँको स्याउ नेपालगञ्ज, सुर्खेतदेखि राजधानी काठमाडौँसम्म बिक्री हुने गर्दछ। विष्णुमाया ती ठाउँमा आफैं लगेर बिक्री गर्दा राम्रो मूल्य पाउने आशामा यसपटक व्यापारीहरु बगैँचामै आएर स्याउ खरिद गर्न मागे पनि नदिएको बताउँछिन्। 

यस वर्ष गत वर्षको तुलनामा स्याउ उत्पादन वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यलय मुुगुका निमित्त कार्यालय प्रमुख दुुर्गाबहादुर शाहीले बताए। उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको भएको थियो। यस वर्ष जिल्लामा गत वर्षभन्दा पाँचदेखि १० प्रतिशतले स्याउ उत्पादनमा बृद्धि हुने अनुमान गरिएको प्रमुख शाहीले बताए। जिल्लाा विशेष गरी तिन प्रकारका रोयल डेलिसेस्, रेटडेलिसेस् र गोल्डेन डेलिसेस् नामक स्याउ उत्पादन हुुने गरेको छ। रासस


प्रकाशित : सोमबार, भदौ १३ २०७९०३:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend