शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

पाँच सहकारी गाभिँदै, कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १२ २०७९
पाँच सहकारी गाभिँदै, कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्ने

गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ रहनेछ। 

काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी गाभिने भएका छन्। राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको हो। 

गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ रहनेछ। 

गाभिएपछि संस्थाको कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्ने भएको छ भने बचत ४ अर्ब ६३ करोड ७० लाख ८ हजार ५ सय ९७ रुपैयाँ हुनेछ। ४ अर्ब ९९ करोड ४५ लाख ३९ हजार १ सय २८ रुपैयाँ ऋण तथा लगानी पुग्नेछ। त्यस्तै कुल सम्पत्ति ७ अर्ब ५८ करोड १ लाख ७५ हजार १ सय ९६ रुपैयाँ पुग्ने पनि जनाइएको छ।  

पाँच सहकारी गाभिएपछि सहकारी संस्थाको सेयरपुँजी ३० करोड ८१ लाख २२ हजार ५ सय रुपैयाँ पुग्ने, सदस्य सङ्ख्या ३५ हजार २० पुग्ने र र ऋणी सदस्य सङ्ख्या ६ हजार ८ सय ५८ जना पुग्ने भएका छन्।

पाँच सहकारी एक भएपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार ९ सय ८२ हुनेछ। कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार आठ सय ९८ पुग्ने जनाइएको छ। त्यसैगरी संस्थाको तरलता रकम १ अर्ब १३ करोड ९८ लाख ८७ हजार ८ सय १७ रहने छ। रासस


प्रकाशित : आइतबार, भदौ १२ २०७९०७:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend