शनिबार, वैशाख ८ गते २०८१    
images
images

रोयल इनफिल्डका मोटरसाइकल नेपालमै बन्ने, ३८ करोड लगानी गर्दै त्रिवेणी समूह

images
images
रोयल इनफिल्डका मोटरसाइकल नेपालमै बन्ने, ३८ करोड लगानी गर्दै त्रिवेणी समूह

उद्योग बाराको जितपुर उपमहानगरपालिका वडा नम्बर ९ मा स्थापन हुने छ। उद्योगले वार्षिक ८ हजार मोटरसाइलक एसेम्बल गर्ने दर्ता विवरणमा उल्लेख छ।

images
images

काठमाडौं- त्रिवेणी समूहले नेपालमै मोटरसाइकल बनाउने भएको छ। समूहले नेपालमै रोयल इनफिल्डका मोटरसाइकल एसेम्बल गर्नका लागि उद्योग स्थापन गर्ने भएको हो। समूहले मोटरसाइकल एसेम्बलका लागि उद्योग दर्ता गराइसकेको छ।

images
images
images

उद्योग विभागका अनुसार मोटरसाइकल एसेम्बलका लागि टीजी अटो ग्रुप प्रालि उद्योग विभागमा दर्ता भएको हाे। दुगड समूहले बिक्री गर्दै आएको रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता लिएको त्रिवेणी समूहले नेपालमै मोटरसाइकल एसेम्बल गर्नेछ। समूहले गएको चैतबाट रोयन इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता पाएको थियो। त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभ प्रालि रोयल इनफिल्डको आधिकारिक बिक्रेता हाे।

images

मोटरसाइकल एसेम्बल गर्न समूहले टीजी अटो ग्रुप मार्फत उद्योगमा ३८ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ। उद्योग बाराको जितपुर उपमहानगरपालिका वडा नम्बर ९ मा स्थापन हुने छ। उद्योगले वार्षिक ८ हजार मोटरसाइकल एसेम्बल गर्ने दर्ता विवरणमा उल्लेख छ। उद्योगमा ६७ जनाले रोजरगारी पाउने छन्। साथै उद्योगले ५ सय केभीए बिजुली खपत गर्ने छ।

images

गत चैतमा मात्रै दुईपांग्रे सवारी ब्रान्ड रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेतामा त्रिवेणी समूह छानिएको थियो। पुरानो आधिकारिक बिक्रेताबाट असन्तुष्ट बनेको रोयल इनफिल्ड इन्डियाले नेपालमा नयाँ आधिकारिक बिक्रेता नियुक्त गरेको थियो।

images
images

यसअघि नेपाली बजारमा रोयल इनफिल्डका मोटरसाइकल दुगड समूहले बिक्री गर्दै आएको थियो। विगत २० वर्षदेखि रोयल इनफिल्डको आधिकारिक बिक्रेता रहेको विवेक अटोमोबाइल्स प्रालीबाट यो ब्रान्ड खोसिएको थियो।

बेलायती ब्रान्ड रोयल इनफिल्डले विवेक अटोमोबाइल्सबाट खोसिने निश्चित भएपछि ठूला व्यवसायिक घरानाले आधिकारिक बिक्रेता हुन लागिपरेका थिए। ठूला व्यवसायिक घरानाबीच भएको प्रतिस्पर्धामा रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता बन्ने बाजी त्रिवेणी समूहले मारेको थियो।

नेपाली अटोमोबाइल बजारमा अग्रणी व्यवसायिक समूहमध्येको एक दुगड समूह पछिल्लो समय कारको व्यवसायबाट बाहिरिन बाध्य भएको थियो। दुगड समूहले बिक्री गर्दै आएको जापानी कम्पनी निसानको आधिकारिक बिक्रेता सारडा समूहले खोसेको थियो। सन् २०१७ मा दुगड समूहबाट सारडा समूहले निसान लगेको थियो।

२०२२ मा आइपुग्दा दुगड समूहले रोयल इनफिल्ड ब्रान्डसमेत गुमाएको हो। अब विवेक अटोमोबाइलसँग भेस्पा र अप्रिलिया ब्रान्डका दुईपांग्रे सवारी बाँकी छन् भने अन्य कमर्सियल सवारी बाँकी छन्।

त्रिवेणी समूह नेपालमा उत्पादनदेखि सेवा क्षेत्रमा संलग्न छ। उत्पादनमा निर्माण सामग्री, कृषिजन्य वस्तुमा सहभागी यो समूहले सिमेन्ट, धागो, चिया, दाना, ग्यास, तेल, चीनी, दाल, चामल, साबुनजस्ता उत्पादन गरिरहेको छ।

बैंक तथा इन्स्योरेन्स, ऊर्जा, शिक्षा तथा मनोरञ्जन क्षेत्रमा पनि त्रिवेणीको लगानी छ। त्रिवेणीले विभिन्न उत्पादनको बिक्री वितरण गरिरहेको छ। कस्मेटिकदेखि घरयासी सामग्रीसम्मको व्यापारमा यो समूह संलग्न छ।

अटोमोबाइल व्यवसायमा भने त्रिवेणी समूह आधिकारिक बिक्रेताको रुपमा पहिलोपटक प्रवेश गरेको थियो। यो समूहले  बेलायती ब्रान्ड रोयल इनफिल्डका मोटरसाइकल नेपाली बजारमा बिक्री गरिरहेको छ। यो ब्रान्डको बाइक नेपालमा वार्षिक ७ देखि ८ हजार वटा बिक्री हुँदै आएको थियो। 

सरकारले बढी इन्जिन क्षमताका मोटरसाइकलमा कर बढाउँदै लगेपछि यस्ता मोटरसाइकल महँगो हुँदै गएको छ। त्यसैले पनि आधिकारिक बिक्रेताहरुले नेपालमै मोटरसाइकल एसेम्बल गर्न धमाधन उद्योग दर्ता गरिरहेका छन्। गत वर्ष अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थाापन विधेयक मार्फत नेपालमै एसेम्बल हुने दुई पांग्रे सवारीको कच्चा पदार्थ आयातमा लाग्ने करमा दुई तह छुट हुने व्यवस्था गरेका थिए। त्यसअघि एसेम्बलका लागि ल्याएने कच्चा पदार्थमा एक तहमात्र छुटको व्यवस्था थियो। 

कच्चा पदार्थको आयातमा लाग्ने करमा थप छुट भएको र तयारी मोटरसाइकल आयातगर्दा लाग्ने कर बढेका कारण मोटरसाइकल आयातकर्ताहरु थप दबाबमा आएका थिए। तयारी मोटरसाइकलको कर बढेलगत्तै यामाहाले पनि नेपालमै मोटरसाइकल एसेम्बल गर्न उद्योग दर्ता गरेको थियो। त्यसयता भेस्पा तथा अप्रिलिया र सुजुकीका मोटरसाइकल समेत नेपालमै एसेम्बल गर्नेगिर उद्योग दर्ता भइसकेको छ। 

हाल नेपालमा बजाज तथा टीभीएसले मोटरसाइकल तथा स्कुतर एसेम्बल गर्दै आएका छन्। अन्य दर्जनौं कम्पनीले नेपालमै दुई पांग्रे सवारी एसेम्बल गर्ने भन्दै उद्योग दर्ता गरेका छन्। 

महँगो मोटरसाइकल भएको र त्यसमा पनि सरकारले वर्षेनी कर बढाउँदै लगेकाले त्रिवेणी समूह नेपालमै रोयल इनफिल्डका मोटरसाइकल नेपालमै एसेम्बल गर्न बाध्य भएको हो। आधिकारिक बिक्रेता लिएको एक वर्ष नपुग्दै मोटरसाइकलको कर बढ्नु र १५० सीसीभन्दा माथिका तयारी मोटरसाइकलको आयात प्रतिबन्द हुनुले पनि त्रिवेणी एसेम्बल गर्नै पर्ने दबाबमा रहेको छ। नेपालमै एसेम्बल नगर्ने हो भने त्रिवेणीले आधिकारिक बिक्रेता हुँदा गरेको कबुल अनुसार बिक्री पर्फरमेन्स दिन सक्ने छैन। 

images

प्रकाशित : आइतबार, भदौ १२ २०७९०९:५१

प्रतिक्रिया दिनुहोस