बिहीबार , असोज ३ गते २०८१    
images
images

नेप्सेमा पहिरो, कारोबार रकमसमेत घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १७ २०७८
images
images
नेप्सेमा पहिरो, कारोबार रकमसमेत घट्यो

नेप्से ओरालो लागेसँगै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ११.०७ अंकले घटेर ४८५.९८ मा झरेको छ।

images
images

काठमाडौं- नेप्से परिसूचक साताकै पहिले दिन आइतबार उच्च अंकले ओरालो लागेको छ। सेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.९३ अंक घटेर दुई हजार ५७७.४९ मा ओर्लिएको छ।

images
images
images

नेप्से ओरालो लागेसँगै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ११.०७ अंकले घटेर ४८५.९८ मा झरेको छ। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत घटेको छ कुल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर चार अर्ब ११ करोड ३८ लाख १४ हजार २ सय ४६ रुपैयाँ मूल्यमा कारोबार भयो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लागेको छ। बैंकिङ २९.२६, व्यापार ५६.६३, होटल तथा पर्यटन १०२.८२, विकास बैंक १३८.४१, जलविद्युत् १११.६१, वित्त ९७.१२, निर्जीवन बिमा १८८.५, उत्पादन १०७.४५, अन्य ३३.९२, लघुवित्त ६९.३९, जीवन बिमा २७२.१४, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.३३ बिन्दुले घटेको छ।

कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको १५ करोड ६ लाख १६ हजार २ सय २१ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै नेशनल हाइड्रोपावर १४ करोड २४ लाख ३८ हजार ७ सय ५३ रुपैयाँ, रिडी हाइड्रोपावर १४ करोड १० लाख ८६ हजार ४ सय २ रुपैयाँ , शिखर इन्स्योरेन्स कम्पनी १३ करोड ६६ लाख ५० हजार रुपैयाँ र हिमालयन डिस्टिलरी १३ करोड ३६ लाख १० हजार ९ सय १० रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

images

कारोबारका आधारमा मैलुङ खोला जलविद्युत् कम्पनी ९.९७, स्वाभिमान लघुवित्त ६.०५, सबैको लघुवित्त २.०८, प्रिमियर इन्स्योरेन्स १.७३ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले १.५६ प्रतिशतले कमाए। त्यस्तै, गुह्यश्वरी मर्चेन्ट बैंक ९.१९, रैराङ हाइड्रोपावर ९.१३, माउण्टेन हाइड्रो ८.५५, छ्याङ्दी हाइड्रो ७.९९ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ७.८७ प्रतिशतले गुमाए। रासस


प्रकाशित : आइतबार, असोज १७ २०७८११:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend