शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति कित्ता भर्ने?

आइतबार, भदौ १२ २०७९
खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति कित्ता भर्ने?

काठमाडौं- खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३ सय २० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ।

कम्पनीले भदौ ८ गते देखि १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन बिक्री खुला गरेको हो। कुल कित्तामध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६ सय कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४ सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

कम्पनीको चुक्तापुँजी अहिले २ करोड ६८ लाख रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापुँजी ४ करोड रुपैयाँ कायम हुनेछ।

आईपीओ  निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने  इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ।


प्रकाशित : आइतबार, भदौ १२ २०७९०४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend