आइतबार, जेठ ६ गते २०८१    
images
images

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति कित्ता भर्ने?

images
आइतबार, भदौ १२ २०७९
images
images
खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति कित्ता भर्ने?
images
images

काठमाडौं- खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३ सय २० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ।

images
images
images

कम्पनीले भदौ ८ गते देखि १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन बिक्री खुला गरेको हो। कुल कित्तामध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६ सय कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४ सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

images

कम्पनीको चुक्तापुँजी अहिले २ करोड ६८ लाख रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापुँजी ४ करोड रुपैयाँ कायम हुनेछ।

images
images

आईपीओ  निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने  इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ।

images
images


प्रकाशित : आइतबार, भदौ १२ २०७९०४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend