मंगलबार, जेठ १ गते २०८१    
images
images

मनाङ पुग्न थाले विदेशी पर्यटक 

images
आइतबार, असोज १७ २०७८
images
images
मनाङ पुग्न थाले विदेशी पर्यटक 

सन् २०२१ को जनवरीमा नेपालका अन्य ठाउँमा विदेशी पर्यटकका लागि सहज हुँदासमेत मनाङ लगायतका हिमाली जिल्लामा कडाइ गरिएको थियो।

images
images

काठमाडौं- कोरोना महामारी सुरु भएपछि पहिलोपटक मनाङमा विदेशी पर्यटक पुग्न थालेका छन्। 

images
images
images

पहिलो चरणको कोरोना महामारी सरू भएदेखि नै पर्यटकका लागि कडाइ गरिएको मनाङमा पछिल्लो समय भने विदेशी पर्यटक पनि पुग्न थालेका छन्। 

images

संघीय सरकारको निर्णयअनुसार मनाङमा अहिले डबल डोज भ्याक्सिन लगाएको वा कोरोना नेगेटिभ रिपोर्ट भएका पर्यटकलाई निर्वाध प्रवेश दिने जिल्लास्थित कोरोना नियन्त्रण समन्वय समितिले निर्णय गरेपछि पर्यटक प्रवेश सुरु भएको छ। 

images
images

जिल्लामा पर्यटकका लागि खुकुलो भएपछि धेरै नभएपनि सानो सङ्ख्यामा पर्यटकहरू आउन थालेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। 

images
images

'अहिले ६०/७० जना विदेशी पर्यटकहरू यहाँ हुनुहुन्छ। सामान्य अवस्थाको जस्तो होइन। अहिले जेहोस आउन थालेका छन्' उनले भने। 

सन् २०२१ को जनवरीमा नेपालका अन्य ठाउँमा विदेशी पर्यटकका लागि सहज हुँदासमेत मनाङ लगायतका हिमाली जिल्लामा कडाइ गरिएको थियो।

 

images

प्रकाशित : आइतबार, असोज १७ २०७८१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend