शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

लाभांश क्षमता ४७ प्रतिशत पुगेको टेलिकमको सेयरमा पुनः लगानीकर्ता झुम्मिए, अब बोनस सेयर कि नगद?

शनिबार, भदौ ११ २०७९
लाभांश क्षमता ४७ प्रतिशत पुगेको टेलिकमको सेयरमा पुनः लगानीकर्ता झुम्मिए, अब बोनस सेयर कि नगद?

काठमाडौं- लगातार घटिरहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको (नेपाल टेलिकम) को सेयर मूल्य पुनः बढ्न थालेको छ। वित्तीय विवरणमा आकर्षक सुधार देखिएपछि सेयर मूल्य बढ्न थालेको हो।

गतवर्ष बोनस सेयर दिएको कम्पनीले अब नगद वा दुवै लाभांश नै दिन्छ भन्ने चासो लगानीकर्तामा रहेको छ। कम्पनीको वितरणयोग्य नाफा नै ८ अर्ब ३८ करोड रहेकोले ४७ प्रतिशतसम्म लाभांश क्षमता रहेको छ।

दोस्रो बजारमा १७९९ रुपैयाँबाट घटेर ८२८ रुपैयाँसम्म झरेको थियो। अहिले पुनः प्रतिकित्ता ७५ रुपैयाँ बढेर ९०३ रुपैयाँ पुगेको छ। लाभांश आकर्षक दिने चर्चाले पुनः लगानीकर्ताहरु टेलिकम तर्फ झुम्मिएका छन्। शुक्रबार पनि सेयर ४३ हजार कित्ता किनबेच हुँदा ३ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो। 

ntc 1111.PNG

कस्तो छ सूचक ? 

वार्षिक आम्दानी ४४ अर्ब पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ४४ अर्ब ३४ करोड ३७ लाख ७८२ रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २ अर्बले बढी हो। २०७७/७८ मा कम्पनीले ४२ अर्ब २३ करोड आम्दानी गरेको थियो। 

त्यस्तै कम्पनीको खुद नाफा १७.५४ प्रतिशतले बढेको छ। कम्पनीले अघिल्लो वर्ष ७ अर्ब १२ करोड नाफा गरेको थियो। जुन गएको वर्ष बढेर ८ अर्ब ३८ करोड पुगेको छ। कम्पनीको चुक्ता पुँजी २० प्रतिशतले बढेर १८ अर्ब पुगेको छ भने सञ्चिति पनि बढेर ७७ अर्ब पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ४६.५६ रुपैयाँ। यो अघिल्लो वर्षको तुलनामा घटेको हो। कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८.१३ रुपैयाँ रहेको छ। पीई रेसियो १८.८८ गुणा रहेको छ। कम्पनीको वितरणयोग्य नाफानै ८ अर्ब ३८ करोड रहेकोले ४७ प्रतिशतसम्म लाभांश क्षमता रहेको छ। 

कम्पनीले कोर सेवा बिक्रीबाट गर्ने आम्दानीमा सुधार गर्दा नाफामा वृद्धि देखिएको हो। ग्राहकलाई विभिन्न प्रकारका सेवाबाट उठाएको शुल्कमा २ अर्ब वृद्धि गरेको छ। प्राविधिक बाहेकको सेवाबाट हुने आम्दानी स्थिर तथा खर्च कटौती गर्न असफल भएपनि कम्पनीको नाफामा भएको वृद्धिको मुख्य कारण ग्राहक सेवा शुल्कमा भएको सुधार हो। 

कम्पनीले गतवर्ष ४० प्रतिशत लाभांश दिएको थियो। गतवर्ष बढेर १७९९ रुपैयाँ पुगेको भएपनि घटेर ८२८ रुपैयाँमा झरेपछि पुनः बढ्न थालेको छ।  

कम्पनीले कोर सेवा बिक्रीबाट गर्ने आम्दानीमा सुधार गर्दा नाफामा वृद्धि देखिएको हो। ग्राहकलाई विभिन्न प्रकारका सेवाबाट उठाएको शुल्कमा २ अर्ब वृद्धि गरेको छ। प्राविधिक बाहेकको सेवाबाट हुने आम्दानी स्थिर तथा खर्च कटौति गर्न असफल भएपनि कम्पनीको नाफामा भएको वृद्धिको मुख्य कारण ग्राहक सेवा शुल्कमा भएको सुधार हो।

५५ प्रतिशतसम्म लाभांशको इतिहास

कम्पनीले लाभांश इतिहासमा ४० प्रतिशत घटेर आजसम्म लगानीकर्तालाई लाभा‌श दिएकाे छैन।

ntc 11.PNG

 


प्रकाशित : शनिबार, भदौ ११ २०७९००:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend