शनिबार, वैशाख १५ गते २०८१    
images
images

‘फोर्डले सर्भिस र सेवामा सम्झौता गर्दैन’

images
images
images
‘फोर्डले सर्भिस र सेवामा सम्झौता गर्दैन’
images
images

काठमाडौं- नेपालमा फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले उपभोक्तालाई सर्भिस र पार्टसको उपलब्धतामा कमी हुन नदिने प्रतिवद्धता जनाएको छ। त्यही प्रतिवद्धता अनुरुप फोर्ड इन्डियाले जीओ अटोमोबाइल्सलाई निरन्तर सेवा उपलब्ध गराउँदै आएको छ।

images
images
images

सेवा, पार्टस र सर्भिसका साथै फोर्ड इन्डियाले विगतमा जसरी समय समयमा नेपालको सर्भिस बारे बुझ्ने गरेको थियो, त्यहीअनुरुप यसैसाता फोर्ड इन्डियाको डिभिजनल अप्रेसन म्यानेजर (नर्थ र नेपाल) धनन्जय कुमार नेपाल आएका छन्। उनले यहाँ रहँदा नेपालमा उपलब्ध रहेको सर्भिस र स्पेयरको अवस्था, उपलब्ध सेवाबारे उपाभोक्ताको चासो र आगामी दिनमा सर्भिसलाई मजबुत बनाउनेबारे जीओ फोर्ड र यसको टीमसँग छलफल गर्नेछन्।

images

नेपालमा रहेका आफ्ना ग्राहकहरुलाई फोर्ड गाडीहरुमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोगमा कुनै कमी नहुने फोर्ड इन्डियाले उल्लेख गरेको छ। ‘हिजो जसरी फोर्डको केन्द्रीय सर्भिस प्रणालीबाट जुन विशेषतासहितको सर्भिस उपलब्ध हुँदै आएको त्यो फोर्डले भारत व्यवसाय पुनर्संरचना गरेपछि पनि पहिले जस्तै गरि दिने छ नेपाल र भारतमा पनि,’ धनन्जयले भने, ‘फोर्ड इन्डियाले डिलरलाई दिएको, उपाभेक्तालाई दिएको सबै सुविधा तथा सेवा निरन्तर रहने कम्पनीको प्रतिवद्धता छ।’

images

फोर्डले ‘कमिटेड टू सर्भ’ नामक नयाँ अभियान सुरु गरेको छ। जस अन्तर्गत उपभोक्ताहरुलाई पार्टपुर्जा, मर्मत सम्भार, सर्भिसिङ र वारेन्टीको सहयोग निरन्तर उपलब्ध गराइ नै रहने कम्पनीको प्रतिवद्धता रहेको छ।

images
images

एक अध्ययनको एनुअल भेहिकल मेन्टेनेन्स सर्भेमा फोर्डको सेवाप्रतिको प्रतिवद्धता स्थिर रहेको बारम्बार प्रमाणित भएको छ, जसकारण यो ब्रान्ड सो अवार्ड जित्ने सबैभन्दा किफायती ब्रान्डहरु मध्ये एक बनेको छ।

यसो भन्छन् धनन्जय कुमार

d kumar.jpg

फोर्डले भारत छाडेको नभइ आफ्नो व्यवसायको रिस्ट्रक्टर गरेको हो। व्यवसायको पुनर्संरचना गरेपछि फोर्डले आफ्नो सर्भिस, स्पेयर पार्टसलगायत सबै सेवा सुविधालाई पहिलेकै अवस्थामा निरन्तरता दिने प्रतिवद्धता गरेको छ।

फोर्डले भारतबाट कार उत्पादन गर्ने काममात्र रोकेको हो। त्यहाँ रहेको उसको बिक्री तथा बिक्री पछिको सेवालाई साविककै अवस्थामा राखेर अझ मजबुत बनाउँदै लगेको छ। नेपालको हकमा पनि सर्भिसलगायत सुविधामा ठ्याक्कै त्यही विधि फोर्ड इन्डियाले अपनाएको छ।

फोर्ड इन्डिया नेपालमा एउटा मात्र यस्तो कम्पनी हो जसले बिक्री पछिको सेवालाई निगरानीमा राखेर काम गरिरहेको छ। नेपालका फोर्ड उपभोक्ताले आफ्नो कार सर्भिस गर्न दिएको र कार सर्भिसिङ गरेपछि ७ भित्र फोर्ड इन्डियाबाट त्यसबारेमा जानकारी लिँदै आएको छ। यो तहको ‘कस्टुमर केयर’ नेपालमा बिक्री हुने अन्य कार उत्पादकबाट सायदै होला।

हिजो जसरी फोर्डको केन्द्रीय सर्भिस प्रणालीबाट जुन विशेषतासहितको सर्भिस उपलब्ध हुँदै आएको थियो, त्यो फोर्डले भारतमा व्यवसाय पुनर्संरचना गरेपछि पनि पहिले जस्तै गरी दिने छ नेपाल र भारतमा पनि। फोर्ड इन्डियाले डिलरलाई दिएको, उपाभेक्तालाई दिएको सबै सुविधा तथा सेवा निरन्तर रहने कम्पनीको प्रतिवद्धता छ।

भारतमा उत्पादन बन्द भएपछि सर्भिस महँगो हुने हो किन्ने चासो पनि देखिएको छ। तर यस विषयमा फोर्ड इन्डिया सचेत छ। कम्पनीले भारतबाट उपभोक्ता तथा डिलर दुवैलाई सहज हुनेगरि सेवा सुविधा उपलब्ध गराउन सहयोग गर्ने छ। डिलरले सर्भिस उपलब्ध गराउँदा कम नाफा हुने वा घाटामा काम गर्नुपर्ने अवस्था आउँदैन।

हामीले त्यसका लागि डिजरलाई दिनुपर्ने सहुलियतलगायत सुविधा उपलब्ध गराउँछौं। हाम्रो चाहना के मात्र हो भने उपाभोक्ताले महँगो भएको वा सर्भिस समयमा नपाएको भन्ने गुनासो आउनु भएन र नेपालको डिलरले त्यस्तो महशुस हुन दिएको पनि छैन। फोर्डको नेपालमा रहेका सर्भिस नेटवर्कलाई मजबुत बनाउन फोर्ड इन्डियाले मनिटरिङ गरिरहेको र नियमित रुपमा त्यसको फिजिकल अवस्था बारे बुझ्न नेपाल आइनै रहेको हुन्छ।

सुरुवाती समयमा उपभोक्ता, डिलरलगायत सबै अब केही नहुने होला भनेर चिन्तित थिए। तर एक महिना बित्यो, दुई महिना बित्यो, अब त करिब एक वर्ष नै हुन लाग्यो। तर उपभोक्ताले सर्भिस, सेवा लगायतमा कुनै परिवर्तन पाएनन्। हिजो हुन तरिकाले फ्रिसर्भिस कुपन, समयसीमा भित्रै सेवा, सर्भिस मेन्टेनेन्स, सर्भिस डिपार्टपेन्ट थियो अहिले पनि त्यही तहको सुविधा पाएपछि उपभोक्ताले फोर्डले भारतमा उत्पादन मात्र बन्द गरेको रहेछ भनेर बुझेको हामीले पाएका छौं। नेपाली उपभोक्ताले पनि त्यही महशुस गरेको मैले पाएँ।

फोर्डले जसरी विगातमा पनि पुराना मोडलको समेत नियमित रुपमा पार्टस तथा सर्भिस उपलब्ध गराउँदै आएको छ। त्यसैगरि भारतमा उत्पादन भएपनि नभएपनि सर्भिस तथा पार्टसको उपलब्धता र सर्भिस नेटवर्क तथा त्यहाँका म्याानपावर कटौती नगरि सर्भिस उपलब्ध गराउन प्रतिवद्ध रहेको छ।

अहिले म नेपाल आउनुको पछाडि नयाँ केही नभएर विगतमा पनि आएको र त्यस्तै खालको निरन्तर हुने भ्रमण नै हो। भारत तथा नेपालमा रहेका सर्भिस सेन्टरमा भइरहेको गतिविधि, उपभोक्ताको सन्तिुष्टी र सर्भिसका लागि गर्नुपर्ने कामबारे जानकारी लिन नियमित रुपमा काठमाडौं आएको हो।

फोर्ड इन्डियाले सर्भिस निरन्तर दिन्छ त्यो नेपाली डिलरले कार्यान्वयन गर्छ। यो ग्यारेन्टी मैले किन दिइरहेको छु भने फोर्ड इन्डिया सर्भिसलाई निरन्तरता दिन चाहँदैन थियो भने मलाई यत्रो खर्च गरेर किन नेपाल पठाउँथ्यो होल? त्यसैले म नेपाली उपभोक्तालाई के भन्ने चाहन्छु भने तपाईहरुले नेपालमा फोर्डको जुनसकुै सवारी चलाउँदै आउनु भएको छ वा नयाँ किन्न चाहनु हुन्छ त्यसको सर्भिस तथा पार्टस उपलब्ध गराउन फोर्ड इन्डिया सदैव तत्पर रहन्छ।  

images

प्रकाशित : शुक्रबार, भदौ १० २०७९०८:३६

प्रतिक्रिया दिनुहोस