मंगलबार, वैशाख २५ गते २०८१    
images
images

दुई लाख संरचनाको नक्सा हेर्दै मेयर बालेन्द्र शाह

अन्डरग्राउन्ड पार्किङ बनाउने भन्दै महानगरबाट कर छुट लिएर भाडामा

images
images
images
दुई लाख संरचनाको नक्सा हेर्दै मेयर बालेन्द्र शाह
images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको नेतृत्वको टोलीले एक सातादेखि नक्साअनुसार काम नभएका व्यावसायिक भवनको अन्डरग्राउण्ड खाली गराउने अभियान थालेका छन्। जसमा महानगरपालिकाले दुई लाख वटा भवनको नक्सा अध्ययन गरिरहेको छ। 

images
images
images

बिहीबार अल्फा हाउसको अवैध संरचनामा डोजर लगाएर भत्काएको महानगरले त्यसअघि काठमाडौं मल र आरबी कम्प्लेक्सको संरचना पनि भत्काएको थियो। महानगरले सयौँ संरचनालाई तत्काल नक्सा पास भएअनुसारको काम गर्न निर्देशन र सूचना प्रवाह गरिरहेको छ।

images

नयाँ बानेश्वरस्थित शंखमुलको बर्गर हाउसलाई पनि मेयर शाह नै उपस्थित भएर निर्देशन दिइसकेका छन्।

images

महानगर नेतृत्वले काठमाडौंका सबै वडाबाट अहिले अवैध संरचनाको लगत संकलन गरिरहेको छ। मेयर शाहकै नेतृत्वले अवलोकनपछि पार्किङका लागि निर्माण गरिएका स्थान सोही प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिँदै आएका छन्।

images
images

तत्काल अवैध संरचना हटाएर नक्सा पासअनुरुप पार्किङको व्यवस्था गर्न मेयर शाहले निर्देशन दिँदै छन्। त्यसैगरी अहिले नगर प्रहरी प्रमुखसहितको टोली गौशाला, चाबहिल, बालाजु, नयाँ बसपार्क, नयाँ बजार, ठमेल, न्युरोडमा समेत अवलोकन गरिरहेको छ।

rb complex parking.jpg

‘नक्सापासमा अन्डरग्राउन्ड पार्किङ गराउने भनेर ९० प्रतिशतसम्म कर मिनाह गरेर भवन निर्माण गर्नेहरूले पार्किङ गर्ने भनिएको ठाउँ भाडामा लगाएर सडकमा पार्किङ गरेको पाइयो,’ महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले भने। महानगरले अन्डरग्राउन्ड पार्किङ बनाउनेहरूलाई माथि थप एक तलासम्म थप्न पाउने र करमा ९० प्रतिशतसम्म छुट दिइएको आचार्यले जानकारी दिए। 

काठमाडौं महनागरमा त्यस्ता दुई लाख भवनको नक्सा पास रहेको छ। जसमा ५० हजारभन्दा बढीले अन्डरग्राउन्ड पार्किङ राख्ने भनेर सुविधा लिएका छन्। अहिले सबै स्थानमा अवलोकन गर्न र अनुसन्धान गर्न नसकिएको समेत आचार्यले जानकारी दिए। सबै वडा कार्यलयले लगत संकलन गरिरहेका छन्। ‘अहिलेसम्म सय संरचनामा त्यस्तो पाइसकिएको छ, पहिलो चरणमा तीन सय संरचनालाई कारबाही हुन्छ,’ आचार्यले भने। 

अन्डरग्राउन्ड पार्किङ नगरी व्यवसायीलाई भाडा दिएका ठाउँलाई महानगरले मुख्य ध्यान केन्द्रित गरेको समेत आचार्यले बताए। अवैध संरचना हटाउनका लागि कामपाले यसअघि ३५ दिने सूचना जारी गरेको थियो। उक्त सूचनाको बेवास्ता गरेपछि मेयर नै डोजर लिएर संरचना भत्काउने अभियानमा जुटेका छन्। संरचनाको अवलोकन गर्न जाँदा घरधनीसँग छलफल गरिरहेका छन्। अवस्था हेरेर कतै केही दिनको समय दिने र कतै अवैध संरचना भत्काउने गरिरहेका छन्। 

'सबैले आफै बुझेर अबैधानिक रुपमा बनाइएको संरचना हटाइदिनु होला। नक्सा जसरी पास भएको छ, त्यहिअनुसार बनाइदिनु होला' मेयर शाहले आग्रह गरेका छन्। 

images

प्रकाशित : शुक्रबार, भदौ १० २०७९०४:५९

प्रतिक्रिया दिनुहोस