शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनएलजी इन्स्योरेन्सका पोलिसी ई-बीमाबाट खरिद गर्न सकिने 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ९ २०७९
एनएलजी इन्स्योरेन्सका पोलिसी ई-बीमाबाट खरिद गर्न सकिने 

एनएलजी र ई-बीमा कम्पनीबीच यस सम्बन्धमा सम्झौता भएको छ। 

काठमाडौं- नेपालकै पहिलो  डिजिटल बीमा सेवा प्रदायक ई–बीमाको प्ल्याटफर्मबाट एनएलजी इन्स्योरेन्स कम्पनीका पोलिसी खरिद गर्न पाइने भएको छ। 

एनएलजी र ई-बीमा कम्पनीबीच यस सम्बन्धमा सम्झौता भएको छ। 

सम्झौता अनुसार ई–बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट नै खरिद गर्न सकिनेछ । सम्झौता पत्रमा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन्।
 
यो सम्झौतासँगै बीमा पोलिसी खरिद तथा अन्य सेवाका लागि अनलाइनबाटै ग्राहकले सुविधा पाउनेछन्। यो सुविधाले बीमा कार्यक्रमलाई अझै पहुँचयोग्य बनाउने कम्पनीको विश्वास छ। 


प्रकाशित : बिहीबार , भदौ ९ २०७९०६:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend