शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बैंकहरूमा निक्षेप घटेको घट्यै, संकट टार्न २५ अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

बिहीबार , भदौ ९ २०७९
बैंकहरूमा निक्षेप घटेको घट्यै, संकट टार्न २५ अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं- साउनयता लगातार घटेको निक्षेप भदौमा पनि घटेको छ। भदौ महिनाको पहिलो साता वाणिज्य बैंकहरूमा निक्षेप ७ अर्ब घटेको छ। साउनको ३१ गतेसम्म ४४ खर्ब ३३ अर्ब रहेको निक्षेप भदौ ३ गतेसम्म आइपुग्दा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ।

यता कर्जा विस्तार भने १ अर्ब रुपैयाँ प्रवाह गरेका छन्। साउन ३१ गतेसम्म ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा भदौको ३ गतेसम्म ४१ खर्ब ७८ अर्ब रुपैयाँ ऋण प्रवाह पुगेको छ। 

असार ३२ यता बैंकहरूमा १ खर्ब १५ अर्ब निक्षेप घटिसकेको छ। बैंकहरूमा असार ३२ मा ४५ खर्ब  ४१ अर्ब निक्षेप रहेकोमा भदौ गतेसम्म आइपुग्दा ४४ खर्ब २६ अर्बमा निक्षेप झरेको छ। 

तरलता संकट टार्न राष्ट्र बैंककले २५ अर्ब बजारमा पठाउने

बैंकहरू चरम तरलता संकटमा गएपछि राष्ट्र बैंकले बिहीबार २५ अर्ब रुपैयाँ बजारमा प्रवाह गर्दैछ। राष्ट्र बैंकले सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा २५ अर्ब रुपैयाँ पठाउन लागेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल खरीद गरेर ऋण दिने मौद्रिक औजार आउट राइट पर्चेज हो। बैंक वित्तीय संस्थाले २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको ट्रेजरी बिल खरीद गर्ने छ।


प्रकाशित : बिहीबार , भदौ ९ २०७९०४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend