शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

विश्व विद्युतीय कार रेसमा टेस्लाको प्रतिस्पर्धी बन्दै हुन्डाई

images
बिहीबार , भदौ ९ २०७९
images
विश्व विद्युतीय कार रेसमा टेस्लाको प्रतिस्पर्धी बन्दै हुन्डाई

संयोग के भने सामसङ र एप्पल पनि अमेरिकी र टेस्ला तथा हुन्डाई पनि अमेरिकी कम्पनी नै हुन्। 

images
images

काठमाडौं- गएको जुनमा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले हुन्डाई बारे प्रतिकृया दिँदै ‘उसले निक्कै राम्रो गरिरहेको छ’ भनेका थिए। दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाई मोटर पनि विद्युतीय कार उत्पादनमा आक्रामक रुपमा अघि बढेको छ। 

images
images
images

हुन्डाईले कोरियामा विद्युतीय कार उत्पादन गर्ने छुट्टै प्लान्ट स्थाापना गर्ने घोषणा गरिसकेको त्यस्तै हुन्डाईले अमेरिकामा समेत विद्युतीय कार उत्पादनका लागि ठूलो धनराशि खर्च गर्ने बताइसकेको छ। हुन्डाई मोटर ग्रुपअन्तर्ग हुन्डाई मोटर र किया मोटरगरि दुई ब्रान्डमा विश्व बजारमा कार बिक्री गर्दै आएको छ। किया ब्रान्ड पनि विद्युतीय कार उत्पादनमा आक्रामक नै छ। 

images
images

हुन्डाईले युरोप तथा अमेरिकी बजारलाई लक्षित गरेर विद्युतीय कार उत्पादनलाई विशेष प्राथमिकता दिएको छ। त्यसैले अबको केही समयपछि नै विद्युतीय कारमा टेस्लाई प्रतिस्पर्धीका रुपमा हुन्डाईले चुनौती दिनसक्ने अनुमान गरिएको फाइनान्सियल टाइम्सले लेखेको छ। यो वर्ष अमेरिकामा हुन्डाई र कियाको कुल विद्युतीय कार बिक्री दोस्रो स्थानमा हुनेछ। त्यो भनेको एक नम्बरमा रहेको टेस्लापछिको संख्या हो। 

images
images

गत वर्ष चिनियाँ कम्पनी बाहेक हुन्डाई र किया विश्वको दोस्रो धेरै विद्युतीय कार निर्यातकर्ता हुन्। विश्वभर निर्यात भएका कुल विद्युतीय कारमा टेस्लाको हिस्सा २७ प्रतिशत हुँदा हुन्डाई र कियाको १४ प्रतिशत हिस्सा रहेको छ। 

अमेरिकामा टेस्ला र हुन्डाईबीच रोचक प्रतिस्पर्धा हुने संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन्। टेस्लाले विद्युतीय कारको स्वीकार्यता बढाउन जति लगानी र मेहनत गरेको छ हुन्डाईले त्यति नै मेहनत गरेमा टेस्लाले दशकको अवधिमा पाएको उपलब्धी हुन्डाईले आधा दशकभन्दा कम समयमा पाउने अनुमान गरिएको छ। 

हुन्डाईले हालै सार्वजनिक गरेको आयोनिक सिक्स विद्युतीय सेडान कार एक पटकको फुल चार्जमा ६ सय १० किलोमिटर कुदाउन सकिन्छ। यो टेस्लाको मोडल वाई र मोडल थ्री लङरेन्जभन्दा धेरै रेन्ज हो। हुन्डाई आयोनिक फाइभ विद्युतीय कार अमेरिकामा सवार्धिक बिक्री हुने आयातित विद्युतीय कार हो। 

हुन्डाईको आयोनिक फाइभसहित कानो विद्युतीय कार नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ। टेस्लाको सबैभन्दा सस्तो विद्युतीय कार मोडल थ्री हो जुन अमेरिकामा ४६ हजार ९ सय ९० डलरमा बिक्री भइरहेको छ। हुन्डाईले गत महिना सार्वजनिक गरेको आयोनिक सिक्सको मूल्य टेस्लाको मोडल थ्रीसँग प्रतिस्पर्धा हुनेगरि तय गरिएको छ। 

टेस्ला र हुन्डाईबीचको प्रतिस्पर्धा सन् २०१० ताका सामसङ र एप्पलबीचको रोचक प्रतिस्पर्धा जस्तै हुने अनुमान धेरैले गरेका छन्। संयोग के भने सामसङ र एप्पल पनि अमेरिकी र टेस्ला तथा हुन्डाई पनि अमेरिकी कम्पनी नै हुन्। 

आउँदो महिनाहरुमा विद्युतीय कार बिक्रीबाट उत्पादकले नाफा सुरक्षित गर्दा मूल्य बढ्ने अनुमान भइरहेको छ। विद्युतीय कारमा प्रयोग हुने ब्याट्रीका लागि अत्यावश्यक रहेको लिथियम पदार्थको मूल्य इतिहासकै उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरिएको छ। विद्युतीय कार उत्पादनमा ब्याट्रीको लागत करिब ६० प्रतिशत हुनेगरेको छ। 

हुन्डाईका लागि सवल पक्षका रुपमा कोरियन ओन डलरको तुलनामा कमजोर हुनु रहेको छ। यो वर्ष डलरको तुलनामा ओनको मूल्य १३ प्रतिशत घटिसकेको छ।

नेपाली बजारमा हुन्डाई र टेस्ला दुवै ब्रान्डका विद्युतीय कार उपलब्ध रहेका छन्। टेस्लाका विद्युतीय कारको तुलनामा नेपाली बजारमा हुन्डाईका विद्युतीय कार सस्तो मूल्यमा उपलब्ध रहेको छ। हुन्डाईको कोना र आयोनिक फाइभ विद्युतीय कार र टेस्लाको मोडल वाई र मोडल थ्री बिक्री भइरहेको छ। 


प्रकाशित : बिहीबार , भदौ ९ २०७९०४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend