शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

धौलागिरि लघुवित्तको आईपीओको बाँडफाँट

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ८ २०७९
धौलागिरि लघुवित्तको आईपीओको बाँडफाँट

काठमाडौं- धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बाँडफाँट भएको हो।

बिक्री प्रबन्धक कार्यालयका अनुसार सेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार नौ सय २९ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ। त्यस्तै उल्लेखित निष्कासित सेयरमा बाँडफाँटबाट बाँकी पाँच कित्ता सेयर गोलाप्रथाबाट थप पाँच जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ। 

कम्पनीले गत साउन २४ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आईपीओमा कूल १८ लाख ६४ हजार छ सय ४० योग्य आवेदकबाट दुई करोड चार लाख ७५ हजार नौ सय ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। कूल आवेदकमध्ये एक हजार दुई सय ८६ को १४ हजार एक सय ४० कित्ता सेयर खरिदको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ।  

कम्पनीले आफ्नो कूल जारी पुँजी (१० लाख ३१ हजार कित्ता सेयर)को ०.५ प्रतिशतअर्थात् पाँच हजार एक सय ५५ कित्ता सेयर कर्मचारीलाई र निष्काशित सेयरको पाँच प्रतिशतअर्थात् १६ हजार पाँच सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख नौ हजार दुई सय ९५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो। 

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट(मेरो सेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ। रासस


प्रकाशित : बुधबार, भदौ ८ २०७९०६:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend