शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

खप्तड लघुवित्तको आईपीओ खुल्यो

बुधबार, भदौ ८ २०७९
खप्तड लघुवित्तको आईपीओ खुल्यो

बाँकी रहेको १ लाख २३ हजार चार सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ। 

काठमाडौं- खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन खुला गरेको छ। 

कम्पनीले बुधबारदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ३२ लाख रुपैयाँ मूल्य बराबरका एक लाख ३२ हजार कित्ता आईपीओ खुला गरेको हो। कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कुल जारी पुँजीको ०.५ प्रतिशत अर्थात दुई हजार कित्ता सेयर कर्मचारीलाई र निष्काशित सेरको पाँच प्रतिशत अर्थात छ हजार छ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ।

बाँकी रहेको १ लाख २३ हजार चार सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ। 

सर्वसाधारणले यही भदौ १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार तीन सय २० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। सो अवधिमा मागबमोजिम आवेदन नआए भदौ २२ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट सीआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। 


प्रकाशित : बुधबार, भदौ ८ २०७९०५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend