आइतबार, जेठ ६ गते २०८१    
images
images
चालु पुँजीकाे ऋणमा राष्ट्र बैंकको सीमा

२ करोडसम्म कारोबार गर्ने कम्पनीले बैंकबाट बढीमा ४० प्रतिशत चालु पुँजी ऋण पाउने, त्यसमाथि २५ प्रतिशत मात्र

images
मंगलबार, भदौ ७ २०७९
images
images
२ करोडसम्म कारोबार गर्ने कम्पनीले बैंकबाट बढीमा  ४० प्रतिशत चालु पुँजी ऋण पाउने,  त्यसमाथि २५ प्रतिशत मात्र
images
images

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले २ करोडसम्म कारोबार गर्ने कम्पनीलाई वार्षिक काराेबारकाे ४० प्रतिशतसम्म चालु पुँजी कर्जा दिन पाउने भएका छन्।

images
images
images

त्यसभन्दा बढीको कारोबार गर्नेले भने २५ प्रतिशत मात्र चालु पुँजी कर्जा लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

images

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्मन्धी मार्गदशन २०७९ जारी गर्दै शर्तसहित ४० प्रतिशत कर्जा दिन सक्ने व्यवस्था गरेकाे हाे। तर समान्य अवस्थामा भने २ करोडसम्मको कर्जाको हकमा वार्षिक कारोबारको २० प्रतिशत सीमा निर्धारण गरिएको छ।

images
images

यसअघि सार्वजनिक मस्यौदाभन्दा केही लचकता भने अपनाइएको छ। बैंकहरुले आफैँले विशेष प्रकृतिको भनेर विश्लेषण गरेर ४० प्रतिशतसम्म दिन सकिने ब्यवस्था गरेको हो। 

images
images

उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भर्जन सायकल, दैनिक वस्तु बिक्री लगायतका विषयहरु हेरेर वार्षिक कारोबारको ४० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था गरेको हो। 

अब यदि कुनै कम्पनीले वार्षिक एक करोड रुपैयाँ कारोबार गर्छ भने उसले चालु पुँजी कर्जा अन्तर्गत ४० लाख रुपैयाँ कर्जा पाउने छ। कुनै फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० मात्र निर्धारण गर्नुपर्ने व्यवस्था पनि गरिएको हो।

सो मार्गदर्शनमा चार प्रकारका चालु पुँजी कर्जाको व्यवस्था गरेको छ भने अधिकतम १० करोड रुपैयाँसम्मको सीमा तोकेको छ। कर्जा असुली नभएको खण्डमा अपनाइने कर्जा असुली, धितो लिलामी तथा विवाद समाधानसम्बन्धी व्यवस्थासमेत उक्त सम्झौतामा उल्लेख गर्नुपर्ने मागदर्शनमा उल्लेख छ।

औद्योगिक तथा व्यापारिक प्रयोजनका लागि खोलिएका प्रतीतपत्र वा अन्य माध्यमबाट मालसामान आयात निर्यात गर्दा/गराउँदा रकमको सीमासम्मको रकम भुक्तानी गर्ने प्रयोजनका लागि प्रदान गरिने कर्जा यस अन्तर्गत पर्दछन्। यस्तै, व्यवसायको चालु पुँजीको आवश्यकता मूल्यांकन गर्दा स्थिर प्रकृतिको आवश्यकतालाई कम्तीमा पाँच वर्ष अवधिको आवधिक कर्जा प्रदान गर्नु पर्ने व्यवस्था गरेको छ।

यस्तै, चालु पुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरी आफ्नो चालु पुँजी कर्जासम्बन्धी नीति बमोजिम हुनु पर्नेछ।


प्रकाशित : मंगलबार, भदौ ७ २०७९०४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend