काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामा २ सय ११ वटा विद्युतीय कार नेपाल भित्रिएको छ। सरकारले १ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारको आयातमा कर नबढाएसँगै यो वर्गका कारको आयात उच्च रहको छ।
साउन महिनामा १ सय किलोवाटसम्म विद्युतीय मोटर भएका २ सय ५ वटा विद्युतीय कार आयात भएको भन्सारको तथयांक छ। त्यस्तै १ देखि २ सय किलोवाट मोटर क्षमताका ४ वटा र २ देखि ३ सय किलोवाटसम्म मोटर क्षमताका २ वटा मात्र विद्युतीय कार आयात भएका हुन्।
साउनमा ६२ कोड १६ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरका २ सय ११ वटा विद्युतीय कार आएको हो। सो संख्यामा विद्युतीय कार आयात हुँदा राज्यले २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ संकल गरेको छ।