शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

१० वस्तुमा लागेको प्रतिबन्धसँगै १२.९० प्रतिशतले आयात घट्यो, निर्यात पनि २८ प्रतिशतले घट्यो

मंगलबार, भदौ ७ २०७९
१० वस्तुमा लागेको प्रतिबन्धसँगै १२.९० प्रतिशतले आयात घट्यो, निर्यात पनि २८ प्रतिशतले घट्यो

काठमाडौं- विदेशी मुद्राको सञ्जितीमा चाप बढेसँगै सरकारले बैशाख १३ गतेदेखि १० वस्तुमा आयात प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध भदौ १४ गतेसम्मका लागि छ।

आयात प्रतिबन्धको प्रत्यक्ष असर नेपालले गर्ने आयातमा देखिएको छ। चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा १२.९० प्रतिशतले आयात घटेको छ।

चालु आर्थिक वर्षको साउन महिनामा नेपालले कुल १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ। गत वर्षको सोही अवधिमा नेपालले कुल १ अर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबरको सामान आयात गरेको थियो। भन्सार विभागका अनुसार गत आवको तुलनामा चालु आवमा १२ प्रतिशतले आयात घटेको हो।

यसैगरी निर्यात पनि २८ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको साउनमा १४ अर्ब ८० करोड रपैयाँ बराबरको सामान निर्यात भएको छ। गत आवको सोही अवधिमा २० अर्ब ७६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो।

गत आवको तुलनमा चालु आवमा निर्यात २८.६८ प्रतिशतले घटेको हो। यसैगरी वैदेशिक व्यापार घाटामा पनि १०.३८ प्रतिशतले कमी आएको छ। चालु आवको साउन महिनामा १ खर्ब १६ अर्बको वैदेशिक व्यापार घाटा भएको छ। गत आवको सोही अवधिको वैदेशिक व्यावार घाटा १ खर्ब २९ अर्ब रुपैयाँ थियो।

यसै गरी कुल वैदेशिक व्यापारमा पनि १४.८१ प्रतिशतले कमी आएको छ। गत आवको साउन महिनमा कुल १ खर्ब  ७१ अर्बको वैदेशिक व्यापार भएको थियो। तर चालु आवको साउन महिनामा जम्मा १ खर्ब ४६ अर्बको वैदेशिक व्यापार भएको छ।


प्रकाशित : मंगलबार, भदौ ७ २०७९१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend