आइतबार, जेठ ६ गते २०८१    
images
images

१० वस्तुमा लागेको प्रतिबन्धसँगै १२.९० प्रतिशतले आयात घट्यो, निर्यात पनि २८ प्रतिशतले घट्यो

images
मंगलबार, भदौ ७ २०७९
images
images
१० वस्तुमा लागेको प्रतिबन्धसँगै १२.९० प्रतिशतले आयात घट्यो, निर्यात पनि २८ प्रतिशतले घट्यो
images
images

काठमाडौं- विदेशी मुद्राको सञ्जितीमा चाप बढेसँगै सरकारले बैशाख १३ गतेदेखि १० वस्तुमा आयात प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध भदौ १४ गतेसम्मका लागि छ।

images
images
images

आयात प्रतिबन्धको प्रत्यक्ष असर नेपालले गर्ने आयातमा देखिएको छ। चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा १२.९० प्रतिशतले आयात घटेको छ।

images

चालु आर्थिक वर्षको साउन महिनामा नेपालले कुल १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ। गत वर्षको सोही अवधिमा नेपालले कुल १ अर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबरको सामान आयात गरेको थियो। भन्सार विभागका अनुसार गत आवको तुलनामा चालु आवमा १२ प्रतिशतले आयात घटेको हो।

images
images

यसैगरी निर्यात पनि २८ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको साउनमा १४ अर्ब ८० करोड रपैयाँ बराबरको सामान निर्यात भएको छ। गत आवको सोही अवधिमा २० अर्ब ७६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो।

images
images

गत आवको तुलनमा चालु आवमा निर्यात २८.६८ प्रतिशतले घटेको हो। यसैगरी वैदेशिक व्यापार घाटामा पनि १०.३८ प्रतिशतले कमी आएको छ। चालु आवको साउन महिनामा १ खर्ब १६ अर्बको वैदेशिक व्यापार घाटा भएको छ। गत आवको सोही अवधिको वैदेशिक व्यावार घाटा १ खर्ब २९ अर्ब रुपैयाँ थियो।

यसै गरी कुल वैदेशिक व्यापारमा पनि १४.८१ प्रतिशतले कमी आएको छ। गत आवको साउन महिनमा कुल १ खर्ब  ७१ अर्बको वैदेशिक व्यापार भएको थियो। तर चालु आवको साउन महिनामा जम्मा १ खर्ब ४६ अर्बको वैदेशिक व्यापार भएको छ।


प्रकाशित : मंगलबार, भदौ ७ २०७९१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend