शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेयर बजार देखियो स्थिर, लगानीकर्तामा देखिएन उत्साह

मंगलबार, भदौ ७ २०७९
सेयर बजार देखियो स्थिर, लगानीकर्तामा देखिएन उत्साह

काठमाडौं- सेयर बजारमा मंगलबारको अवस्था पनि स्थिर देखिएको छ। आइतबार ७.७२ र सोमबार ७.३८ अंकको गिरावट देखिएको सेयर बजारमा मंगलबार पनि उतारचढावको श्रृंखला दोहोरिएर बजार स्थिर देखिएको छ। लामो समयदेखि बजारप्रति लगानीकर्ता उत्साहित देखिँदैनन्।

मंगलबार १.८१ अंकले बढेर बजार २०५४.९५ बिन्दुमा पुगेको छ। जहाँ १ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ। ७१ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार 'क्रयास' नजिक पुगिसकेको थियो। त्यसयता निरन्तरको खबरदारी र केही नीतिगत परिवर्तनका कारण लगानीकर्ता उत्साहित देखिए पनि बजारले सुधारको स्थायी आधार भेट्न सकेको छैन। केही दिनको उछाल र केही दिनको गिरावटबीच बजारमा उतारचढाव भइरहेको छ। 

अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै जाँदा पुँजी बजारले भने अपेक्षाकृत बाटो समात्न सकिरहेको छैन। पुँजी बजारमा जोडिने लगानीकर्ताको संख्या बढेर बहुपक्षीय चासोमा परिरहँदा पनि बजारको उतारचढाव स्वभाविक हुन सकिरहेको छैन। विश्लेषकहरूका अनुसार बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन सकेको छैन। 

 


प्रकाशित : मंगलबार, भदौ ७ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend