शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

स्थानीयलाई  इष्टर्न हाईड्रपावरको आईपीओ खुला

मंगलबार, भदौ ७ २०७९
स्थानीयलाई  इष्टर्न हाईड्रपावरको आईपीओ खुला

काठमाडौं- इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण शेयरको बिक्री खुला गरेको छ। 

कम्पनीले मंगलबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ करोड २० लाख रुपैयाँ मूल्य बराबरको ६ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) बिक्री खुला गरेको हो।आयोजनाबाट असर पर्ने भोजपुर जिल्लाका स्थानीय बासिन्दाले यही भदौ २१ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी असोज ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ। 

कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। साथै एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंकको भोजपुर शाखाका साथै  प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा कार्यालयबाट पनि सेयर खरिदका लागि लगानीकर्ताले आवेदन दिन पाउनेछन्। कम्पनीलाई केयर रेटिङस् नेपालले ‘केयरनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ।


प्रकाशित : मंगलबार, भदौ ७ २०७९०६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend