शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दशककै न्यून सेयर मूल्य भएको नेपाल लाइफले दुई वर्षको लाभांश दिँदै, यस्ताे छ सम्भावित प्रक्षेपण

मंगलबार, भदौ ७ २०७९
दशककै न्यून सेयर मूल्य भएको नेपाल लाइफले दुई वर्षको लाभांश दिँदै, यस्ताे छ सम्भावित प्रक्षेपण

काठमाडौं- ३५ करोड २७ लाख घाटा व्यहोरेको दोस्रो बजारको ‘हटकेक’ कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले यसवर्ष कति लाभांश दिन्छ भन्ने चासो लगानीकर्तामा देखिएको छ।

कम्पनीले दोस्रो बजारका लगानीकर्ताको मनोबल गिर्न नदिनका लागि दुई वर्षको लाभांश एकैपटक घोषणा गर्ने तयारी गरेको छ।

कम्पनीले दुईवर्षको लाभाश ३० देखि ४० प्रतिशतसम्म दिनसक्ने क्षमता राख्दछ। दशक अघिको सस्तो मूल्यमा झरेको नेपाल लाइफको सेयर मूल्य सोमबार ६७१ रुपैयाँमा कारोबार भएको छ। 

nlic.PNG

गत बुलमा ३००० रुपैयाँमा सेयर किनेका लगानीकर्ता झनै मारमा पर्नेगरी कम्पनीको वित्तीय विवरण सार्वजिनक भएको थियो। गत वर्षदेखि निरन्तर घटिरहेको कम्पनीको सेयर मूल्य घटेर ६७१ रुपैयाँमा आइपुगेको छ। कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँमा पुगेको छ। कम्पनीको बजार पुँजीकरण ५५ अर्ब ११ करोड रुपैयाँ रहेको छ। 

nl;ic.PNG

१० वर्षअगाडि कम्पनीको सेयर मूल्य ७ सय हाराहारी रहेको थियो। समग्र नेप्से परिसूचक अघिल्लो वियरिसमा आउँदा १२०० तल हुँदा ९ सयमा अन्तिम कारोबार भएको थियो। त्यसपछि लगातार बढेर ३ हजार रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य लगातार घटेर न्यूनतम ६४७ रुपैयाँमा आइपुगेको थियो। 


प्रकाशित : मंगलबार, भदौ ७ २०७९०२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend