शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आईपीओ भर्दा ५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाइने

सोमबार, भदौ ६ २०७९
आईपीओ भर्दा ५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाइने

काठमाडौं- आईपीओ भर्दा बैंकहरूले सीआस्बाको शुल्क अधिकतम पाँच रूपैयाँभन्दा बढी लिन नपाउने भएका छन्। अहिले कतिपय बैंकमा निशुल्क रहेको यो सेवामा कतिपयले एक सय रुपैयाँसम्म पनि लिइरहेका छन्। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एकरुपताका लागि आश्वा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउन गरी निर्णय गरेको हो।

सेयरका लागि आवेदन दिँदा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी-आस्बा भनिन्छ। अब सीआस्बाबाट उठ्नेमध्ये एक रूपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रूपैयाँ सेयर बिक्री प्रबन्धकले प्राप्त गर्ने भएको छ भने बाँकी बैंकले लिनेछ। 

 

 


प्रकाशित : सोमबार, भदौ ६ २०७९०८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend