शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एभरेष्ट बैंकले गर्‍यो मुसिकोट सेरिगाउँको विद्यालयलाई आर्थिक सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ६ २०७९
एभरेष्ट बैंकले गर्‍यो मुसिकोट सेरिगाउँको विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुकुमको मुसिकोट सेरिगाउँको यमुनानन्द नमूना माध्यमिक विद्यालयलाई डेस्कबेन्चको ब्यवस्थापनका लागि ४ लाख २९ हजार ९ सय रुपैयाँ सहयोग गरेको छ। 

शिक्षा, स्वास्थ, दैवी प्रकोपव्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको बैंकले विद्यालयलाई सहयोग गरेको हो। 

एक कार्यक्रमबीच एभरेष्ट बैंकका तर्फबाट सदस्य डा. गणेश राज गुरुङ्गले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्री महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरे।

यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास लिएको बैंकले  जनाएको छ। 

एभरेष्ट बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 


प्रकाशित : सोमबार, भदौ ६ २०७९०७:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend