आइतबार, जेठ ६ गते २०८१    
images
images

एभरेष्ट बैंकले गर्‍यो मुसिकोट सेरिगाउँको विद्यालयलाई आर्थिक सहयोग

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ६ २०७९
images
images
एभरेष्ट बैंकले गर्‍यो मुसिकोट सेरिगाउँको विद्यालयलाई आर्थिक सहयोग
images
images

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुकुमको मुसिकोट सेरिगाउँको यमुनानन्द नमूना माध्यमिक विद्यालयलाई डेस्कबेन्चको ब्यवस्थापनका लागि ४ लाख २९ हजार ९ सय रुपैयाँ सहयोग गरेको छ। 

images
images
images

शिक्षा, स्वास्थ, दैवी प्रकोपव्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको बैंकले विद्यालयलाई सहयोग गरेको हो। 

images

एक कार्यक्रमबीच एभरेष्ट बैंकका तर्फबाट सदस्य डा. गणेश राज गुरुङ्गले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्री महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरे।

images
images

यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास लिएको बैंकले  जनाएको छ। 

images
images

एभरेष्ट बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 


प्रकाशित : सोमबार, भदौ ६ २०७९०७:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend